सरुवामा चलखेलको आशंका
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले ३२ जना कार्यालय प्रमुखका साथै लेखा र प्रशासनतर्फका कर्मचारीहरूको सरुवा गरेको थियो ।
कारबाही गर्नुपर्ने सूचीमा रहेका कतिपय कार्यालय प्रमुखहरूलाई पनि राम्रो र आकर्षक ठाउँमा सरुवा गरिएपछि आर्थिक चलखेल भएको हुन सक्ने आशंका गरिएको हो । सरुवा गर्दा नवौं तहको कार्यालय प्रमुख रहने ठाउँमा आठौं तहका कर्मचारीलाई र आठौं तहको कर्मचारी प्रमुख हुने ठाउँमा सातौं तहकालाई समेत पठाइएको छ । तल्लो तहका कर्मचारीलाई समेत किन कार्यालय प्रमुखको जिम्मेवारी दिइयो भन्ने कुरा अहिले प्राधिकरणभित्र उठेको छ ।
विराटनगर केन्द्रको प्रमुख रहँदा राम्रो कार्यसम्पादन नगरेको भनी सामुदायिकमा सरुवा गरिएका उपप्रबन्धक शम्भु कुसियतलाई हेटौंडाको प्रमुखमा सरुवा गरिएको छ । रानीको ट्रान्सफर्मर समयमै बदल्न नसकेको भनेर कुसियतलाई सामुदायिकमा सरुवा गरिएको थियो । तर, अहिले भने उनलाई हेटौंडाको प्रमुख बनाइएको छ । विराटनगरमा भने नवौं तहको कार्यालय प्रमुख पठाउनुपर्नेमा आठौं तहकालाई जिम्मेवारी दिएर सरुवा गरिएको छ ।
सरुवा भएका अर्का कार्यालय प्रमुख अञ्जनीकुमार मिश्र हुन् । उनलाई बानेश्वर वितरण केन्द्रबाट तालिम केन्द्रमा सरुवा गरिएको छ । तर, मिश्र विवादास्पद व्यक्ति मानिन्छन् । बानेश्वर वितरण केन्द्रमा रहँदा आफ्नै महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप उनले खेप्नुपरेको थियो । उनलाई कारबाही गर्नुपर्ने कुरा प्राधिकरणभित्रै उठेको थियो । तर, उनलाई कुनै कारबाही नगरी पुरस्कारस्वरूप तालिम केन्द्रमा सरुवा गरिएको छ ।
केही कर्मचारीको भने समय नपुगी सरुवा गरिएको छ । नेपाली कांग्रेसनिकट मानिने परितोष चौधरीलाई टीकापुरबाट गुलरियामा सरुवा गरिएको छ । उनलाई टीकापुरमा सरुवा गरिएको दुई वर्ष नपुग्दै गुलरियामा सरुवा गरिएको हो । त्यस्तै, दमकको प्रमुख रहेका राजीवकुमार सिंहलाई पनि दुई वर्ष नपुग्दै विराटनगरमा सरुवा गरिएको छ । कांग्रेसनिकट रहेका सतीशकुमार कर्णलाई अत्तरिया केन्द्रको प्रमुख बनाएर पठाइएको छ । तर, अत्तरियामा रहेका दसौं तहका कर्मचारी तारानाथ शर्मालाई भने योजना तथा प्राविधिक सेवा विभागमा सरुवा गरिएको छ । सो विभागलाई प्राधिकरणभित्र कम महŒवको विभागका रूपमा लिने गरिन्छ ।
जनकपुर, जलेश्वर र स्याङ्जा वितरण केन्द्रमा कार्यरत कार्यालय प्रमुखहरूलाई फेर्नुपर्ने कुरा लामो समयदेखि उठिरहेको थियो । ती कार्यालयका प्रमुखहरूले सन्तोषजनक काम नगरेको हुँदा फेर्नुपर्ने कुरा उठेको हो । तर, ती तीनवटै कार्यालयका कार्यालय प्रमुखलाई फेर्ने काम गरिएन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply