सधैं विद्यार्थीको रोजाइमा रिट्ज कलेज
काठमाडौं । शान्त वातावरण, व्यावहारिक तथा जीवनोपयोगी ज्ञानको लागि अत्याधुनिक सुविधासम्पन्न प्रयोगशाला र सैद्धान्तिक सिकाइका लागि दक्ष तथा अनुभवी शिक्षकबाट अध्यापन गराइन्छ, ललितपुरको बालकुमारीस्थित रिट्ज कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्टमा । त्यसैले, हरेक बर्षको नतिजामा यो कलेज पोखरा विश्वविद्यालयअन्तर्गतका कलेजहरूमध्यमा उत्कृष्ट नतिजा हासिल गर्नेमा पर्दछ । त्यसो त यहाँका विद्यार्थीहरू विश्वविद्यालयको डिन अवार्ड प्राप्त गर्नसमेत सफल भइरहेका छन् ।
पोखरा विश्वविद्यायलबाट २००९ मा सम्बन्धन लिएको यस कलेजको अर्को विशेषता शिक्षकहरूको प्रत्यक्ष निगरानीमा विद्यार्थीहरूले पढ्न र सिक्न पाउनु पनि हो । दक्ष तथा अनुभवी प्राध्यापकहरूबाट पठनपाठन हुने यस कलेजमा उच्च विधियुक्त कक्षाकोठा, इन्टरनेट सुविधा, आधुनिक ल्याबहरू, खेल मैदानलगायतका सम्पूर्ण भौतिक उपलब्धताले कलेजको वातावरण स्तरीय हुन पुगेको छ । यस कलेजले व्यवस्थापन संकायमा विश्वविद्यालयमा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यार्थीहरूलाई व्यावाहारिक र जीवनोपयोगी सीप सिकाउन हरेक वर्ष कलेजलमा फुड फेस्टिभल, खेलकुद सप्ताहजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गरी विद्यार्थीहरूलाई सिर्जनशील बनाइँदै आइरहेको छ । फिल्ड भिजिट, इन्डस्ट्रियल टुर, रिपोर्ट राइटिङ, अनुभवी प्रध्यापक तथा व्यावसायिक व्यक्तित्वहरूबाट गेस्ट लेक्चर, कक्षा प्रस्तुतीकरणजस्ता क्रियाकलापले विद्यार्थीहरूलाई क्षमतावान् र प्रतिस्पर्धी बनाउन सहयोग पु¥याउँदै आएको छ ।
कलेजले विद्यार्थीहरूलाई देशविदेशका प्रतिष्ठित होटलहरू, बैंक, तथा वित्तीय संस्था, कर्पोरेट हाउस, बिजिनेस हाउस तथा प्रतिष्ठित व्यापारिक घराना तथा संस्थाहरूमा इन्टर्नसिप गराउँदै आएको छ । यस कलेजबाट स्नातक उत्तीर्ण विद्यार्थीहरू देशविदेशका होटल तथा संस्थाहरूमा जिम्मेवार स्थानमा कार्यरत छन् । त्यस्तै, उनीहरूले विश्वका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनको अवसर पाएका छन् । नेपालमा हरेक वर्ष हजारौं पर्यटक भित्रिन्छन् । यात्रा र पर्यटन नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने क्षेत्र हो । त्यसैले, होटल तथा यस क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादनमा यस कलेजले महŒवपूर्ण भूमिका खेलेको छ । समाजमा असल नागरिक तयार गर्न गुणस्तरीय शिक्षा आवश्यक छ । त्यसैले, विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तित्व, समाजसेवी, शिक्षाविद् तथा प्राध्यापकहरूद्घारा सञ्चालित यो कलेज द हिमाल एजुकेसनल फाउन्डेसन एन्ड रिसर्च सेन्टर प्रालिको व्यवस्थापनमा रही बीबीए र बीएचएम कक्षा सञ्चालन गरिरहेको छ ।
हिमालयन एजुकेसन फाउन्डेसनअन्र्तगत सञ्चालित यो समूहले समाज विकासका लागि आवश्यक जनशक्ति उत्पादनका लागि निकट भविष्यमै सिभिल इन्जिनियरिङ कक्षा सञ्चाल गर्न गइरहेको छ । स्तरीय शिक्षा दिने उद्देश्यका साथ सञ्चालित यस कलेजले विश्वस्तरको शिक्षा प्रदान गर्दै आएको छ । यसका उत्पादन प्रतिस्पर्धी बजारमा अब्बल साबित भएका छन् । त्यसैले, यो कलेज नेपाली विद्यार्थीको रोजाइमा परेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply