नेकपा बैठकमा एक दर्जन एजेन्डा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा एक दर्जन एजेन्डा प्रस्ताव भएको छ । महासचिव विष्णु पौडेलले स्थायी समिति बैठकमा छलफलका लागि एजेन्डा तय गर्न केन्द्रीय सचिवालय बैठकमा एक दर्जन एजेन्डा प्रस्तुत गरेका हुन् । बुधबार (आज) बस्ने सचिवालय बैठकले एजेन्डाहरूलाई अन्तिम रूप दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपाको स्थायी समिति बैठक तीन महिनादेखि बस्न सकेको छैन । विधानमा तीन महिनाको समयसीमाभित्र स्थायी समिति बैठक बस्ने व्यवस्था रहे पनि पटकपटक बोलाइएको बैठक स्थगित हुँदै आएको छ । लामो समयदेखि छलफल गर्नुपर्ने थुप्रै विषय थाती रहेका कारण पनि सचिवालयले एक दर्जन एजेन्डामा स्थायी समितिमा छलफल गर्ने गरी सचिवालयले गृहकार्य अघि बढाएको हो । विधानअनुसार २१ असोजभित्र स्थायी समिति बैठक बसिसक्नुपर्नेमा समयसीमा गुज्रिसकेको छ । महŒवपूर्ण राजनीतिक निर्णयहरू फटाफट सचिवालयबाट हुँदै आएको भन्दै स्थायी समितिका थुप्रै नेता असन्तुष्ट छन् । समयसीमा गुजारेर छोटो छलफलबाट धेरै एजेन्डा पास गर्ने गरी सचिवालयले गृहकार्य गरिरहेका बेला नेकपा स्थायी समितिमा कसरी छलफल होला ? गम्भीर चासोका रूपमा लिइएको छ ।
बैठकमा महासचिव पौडेलले रिर्पोटिङ, स्थायी समिति बैठकको मिति, प्रदेश संगठन कमिटीको पूर्णता, जिल्ला कमिटीहरूको एकीकरण, पोलिटब्युरो, केन्द्रीय निकाय र केन्द्रीय विभागहरूको पूर्णता, जनवर्गीय संगठनहरूको एकीकरण, दसैंतिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थायी समिति बैठककका लागि प्रस्तावित एजेन्डा सचिवालयमा छलफलका लागि प्रस्ताव गरेका छन् । त्यस्तै, माधव नेपालको असहमतिपत्र, सरकारको कामको समीक्षा, सरकार र संसद् सञ्चालनमा पार्टीको सम्बन्ध, आर्थिक नियमावली र सम्पर्क मञ्च सञ्चालनसम्बन्धी निर्देशिका र विविधलगायत विषयहरू पनि छलफलका लागि एजेन्डा प्रस्ताव गरिएको एक नेताले बताए ।
बैठकमा महासचिव पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालको असहमतिपत्र पढेर सुनाएर एजेन्डाका रूपमा दर्ज गराएका छन् । पार्टी सञ्चालनमा नेतृत्वको कार्यशैली विधानविपरीत भएको मुख्य एजेन्डासहित तीनवटा विषयलाई असहमतिपत्रमा नेपालले उठाएका छन् । पार्टी एकतासम्बन्धी निर्णय सहमतिका आधारमा हुनुपर्ने अन्तरिम विधानको धारा ३८ ‘ग’को व्यवस्था उल्लंघन गर्दै प्रदेशको इन्चार्ज, सहइन्चार्ज र पदाधिकारी टुंगो लगाइएको विषयलाई नेपालले असहमतिपत्रमा मुख्य रूपमा उठाएका छन् । धारा ३८ ‘ग’मा ‘पार्टी एकताका क्रममा सहमतिका आधारमा कमिटीहरू निर्माण गरिनेछन्’ भन्ने उल्लेख छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply