करोडपति खरदार
काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न पुग्ला ।
तर, यहाँ त्यस्तो अचम्मलाग्दो पात्रको चर्चा गरिँदै छ, जो त्यही खरिदारको कमाइले दुई छोरा र एक छोरीलाई करिव ६०÷६० लाख रूपैया लगानी गरेर चिकित्सा शास्त्र पढाइरहेका मात्र छैनन्, ती पात्रको राजधानीमा दुई स्थानमा ठूल्ठूला महल र पर्याप्त घडेरीहरूसमेत छन् । सुन्दैमा जिब्रो टोकेर अचम्म मान्नुपर्ने ती पात्र विगत १६ वर्षदेखि जिल्ला अदालत काठमाडौंमा कार्यरत स्टोरकिपर डम्बरबहादुर थापा हुन् ।
नातामा तत्कालीन विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारीको भान्जीज्वाइँ पर्ने थापालाई अधिकारीले नै जिल्ला अदालत रामेछापमा टाइपिस्टमा जागिर लगाइदिएका थिए । रामेछापको साबिक तिल्पुङ गाविसका बासिन्दा थापाले देखिने गरी अदालतमा खरदारको जागिर खाएको बाहेक अन्य पेसा गरेका छैनन् । तर, आर्जित सम्पत्ति हेर्ने हो भने उनी अर्बपतिको हाराहारीमा पुगिसकेका छन् ।
उनी बोडेस्थित निजी निवासका बस्छन् भने सूर्यविनायकमा रहेको घर भने भाडामा लगाइरहेका छन् । त्यति मात्र होइन, राधेराधेमा अर्को घर तयार हुँदै छ भने त्यहीआसपासमा जग्गा पनि खरिद गरिसकेका छन् । त्यति मात्र होइन, जेठो छोरोलाई फिलिपिन्समा डाक्टरी पढाउनुका साथै अर्को छोरोलाई नेपालगन्ज मेडिकल कलेजमा करिब ६० लाख रुपैयाँको लगानीमा पढाउने र छोरीलाई समेत विज्ञान संकायमा पढाइरहेका छन् ।
एउटा खरदारले यसरी अस्वाभाविक रूपमा आर्जन गर्नुको मुख्य कारण नै उनले सेवाग्राही र न्यायाधीशलाई जोड्नेबीचको सेतुको काम गर्दै आएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । आफन्तको उच्च ओहदामा भएको नाम प्रयोग गरेर समेत उनले पछिल्लोपटक राम्रो कमाइ गर्दै आएको बताइएको छ ।
सबैतिर सेटिङ मिलाउन सक्ने भएकैले उनी कहिल्यै सरुवा नभई लगातार एउटै अड्डामा विगत १६ वर्षदेखि बस्दै आएको बताइन्छ । ‘तपाईंहरूले कुनै चिन्ता लिनुपर्दैन, न्यायाधीशहरू मेरै हातमा छन्,’ भन्दै उनले सेवाग्राहीहरूसँग कुराकानी गर्ने गरेको समेत बताइएको छ । तर, उनले आफूले त्यस्तो काम नगरेको दाबी गरे । ‘मेरोविरुद्ध यो गलत प्रचार हो हजुर,’ उनले भने ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply