उपसचिव सरुवामा लफडैलफडा
काठमाडौं । मन्त्रीलाई अपशब्द प्रयोग गरेको भनी शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका उपसचिव ईश्वरी पोखरेललाई कडा स्पष्टीकरण सोधिएको छ । उनलाई कारबाही नै गर्ने उद्देश्यले शिक्षा सचिव खगराज बरालले केही दिनअघि स्पष्टीकरण सोधेका हुन् ।
उपसचिव पोखरेललाई मन्त्रीको अपमान हुने गरी सामाजिक सञ्जालहरूमा आफ्नो भनाइ राखेको भनी कारबाही गर्ने आशयको स्पष्टीकरण सोधिएको हो । उनलाई कात्तिक १९ गते मन्त्रालयले स्पष्टीकरण सोधे पनि पत्र भने उनले कात्तिक २५ गते मात्र बुझेका थिए । शिक्षाका १ सय ६६ जना उपसचिवको स्थानीय तहमा सरुवा भएसँगै उनको पनि नवलपुरको देवचुली नगरपालिकामा सरुवा भएको थियो । तर, शिक्षा मन्त्रालयका उपसचिवलाई कनिष्ठ उपसचिव र कतिपय तहमा अधिकृतको मातहतमा शिक्षा शाखा प्रमुख बनाएर पठाइएको कुराप्रति असहमति जनाएर उनले आफ्नो धारणा राख्दै आएका थिए ।
स्थानीय तहमा सरुवा भएका शिक्षाका १ सय ६६ जना उपसचिवमध्ये अहिलेसम्म २५ जनाले मात्र स्थानीय तहमा जान स्वीकार गरेका छन् । त्यसमध्ये सरुवा भएका २० जना उपसचिवले ‘आफ्ना लागि अनुकूल ठाउँ नभएको’ भनी सरुवाको निर्णय सच्याउन मन्त्रालयमा निवेदन दिएका छन् । तर, १ सय २० जना उपसचिवले भने अझैसम्म सरुवाको पत्र बुझेका छैनन् । २०६६ सालमा उपसचिवमा बढुवा भएका शिक्षाका उपसचिवहरू २०७२ सालमा बढुवा भएका प्रशासन सेवाका उपसचिवको मातहतमा रहेर काम गर्नुपर्ने बाध्यता आइपरेपछि सरुवा भएको तहमा जान आनाकानी गरिरहेका छन् । दसैंको बिदा हुनुअगावै मन्त्रालयले उपसचिव तहका कर्मचारीहरूलाई स्थानीय तहमा सरुवा गरेको थियो । सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्ने भए पनि शिक्षाको उपसचिवहरूको सरुवामा विवादमा पर्न नचाहेका कारण सरुवाको जिम्मेवारी सामान्यले शिक्षा मन्त्रालयलाई नै सुम्पिएको थियो ।
सरुवा भएका शिक्षाका उपसचिवहरूले भने निजामती ऐन र नियमलाई मिचेर आफूहरूको सरुवा भएको भन्दै सुरुदेखि नै निर्णय सच्चाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीय तहमा शिक्षाका उपसचिव तहका कर्मचारीलाई सरुवा गर्दा विधि, प्रक्रिया र मापदण्ड मिच्न नहुने तर्क सरुवा भएका कर्मचारीहरूले दिँदै आएका छन् । स्थानीय तहमा सरुवा गर्दा ज्येष्ठता, पदीय योग्यता र कार्यक्षमतालाई आधार मान्नुपर्ने सरुवा भएका उपसचिवहरूले बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply