तातोपानी नुहाउन सेनाको २५ लाख स्वाह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सपरिवार म्याग्दीको तातोपानी कुण्डमा नुहाउ“दा २५ लाख रुपैयाँ राज्यकोषबाट खर्च भएको छ । नेपाली सेनाको प्रतिघण्टा ५ लाख रुपैया“मा भाडामा लिइएको एमआई हेलिकप्टरमा प्रचण्ड र बादलको तातोपानीमा नुहाउने योजना पूरा गर्दा राज्यकोषबाट त्यति धेरै खर्च भएको हो ।
कुरा ती दुई नेताले म्याग्दीस्थित तातोपानी कुण्डमा नुहाउनुहुन्नथ्यो या हेलिकप्टरमा खर्च गर्नुहुन्नथ्यो भन्ने होइन, निजी भ्रमणका लागि पनि राज्यकोषबाट खर्च हुने गरी किन २५ लाख रुपैयाँको विलासी हेलिकप्टर प्रयोग गरियो भन्ने हो । म्याग्दीको तातोपानी पुग्न प्रचण्ड र बादल निजी खर्चमा हेलिकप्टर या प्लेनबाट पनि त्यहा“ पुग्न सक्थे । तर, उनीहरूले राज्यकोषबाट खर्च हुनेगरी विलासी हेलिकप्टर नै रोजे । आवतजावतको पाँच घण्टे उडानमा व्यक्तिगत कामका लागि राज्यकोषबाट २५ लाख खर्च गरिएकाले दुवै नेताको सामाजिक सञ्जालमा आलोचना हुने क्रम रोकिएको छैन ।
उता, राष्ट्रपति विद्या भण्डारीका लागि राज्यकोषबाट १८ करोड खर्च गरेर नयाँ गाडी किन्न थालिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निजी आवास रङरोकन र कार्पेटिङ गर्ने काममा नेपाली सेनालाई लगाएर लाखौ ंखर्चिएका छन् । यी सबै दृष्टान्तले मितव्ययिता र सुशासनको नारा दिइरहेको सरकारको घोषणामाथि गम्भीर प्रश्न उठेको छ ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply