उपसचिवले थर्काएपछि सचिव मौन
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले स्थानीय तहमा सरुवा गरेको १६६ उपसचिवले कार्यक्षेत्रमा जान नमानेपछि यो प्रकरण झन् पेचिलो बन्दै गएको छ । सरुवा भएका अधिकांश उपसचिवले असन्तुष्टि जनाउँदै स्थानीय तहमा जान मानिरहेका छैनन् ।
उपसचिवहरू सरुवा भएका ठाउँमा जान नचाहेपछि शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले ‘सरुवा भएकाहरूलाई म मंसिर १ गतेदेखि विभागमा हाजिर गराउँदिनँ’ भनेर अडान लिएका थिए । तर, उनको अडान एक दिन पनि टिक्न सकेन । पहिलो दिन विभागले कर्मचारीहरूको हाजिर पुस्तिका लुकाएर हाजिर गर्न नदिए पनि दोस्रो दिनदेखि भने सरुवा भएका कर्मचारीहरूले हाजिर गर्न पाएका थिए । स्थानीय तहमा सरुवा भएका उपसचिवहरूमध्ये अधिकांशले अहिले पनि विभागमा हाजिर गरिरहेका छन् ।
तर, मन्त्रालयले भने स्थानीय तहमा सरुवा भएका उपसचिवहरूको हाजिर रोकेको छ । मन्त्रालयले ती उपसचिवहरूलाई ‘चिठी बुझ्नुस्, आफ्नो सरुवा भएको ठाउँमा जानुस्, हामी हाजिर गराउँदैनौं’ भनेर निरन्तर दबाब दिँदै आएको छ । तर, उपसचिवहरूले भने सरुवाको पत्र बुझ्न मानिरहेका छैनन् ।
शिक्षाका उपसचिवहरूको सरुवालगत्तै लगभग विद्रोहमा नै उत्रिएका उपसचिव ईश्वरी पोखरेलले भने मन्त्रालयले सोधेको सफाइको जवाफ दिइसकेका छन् । उपसचिवहरूको सरुवा भएपछि त्यसविरुद्ध सामाजिक सञ्जालहरूमा उत्रिएका उपसचिव पोखरेललाई शिक्षा सचिव खगराज बरालले सफाइ पेस गर्न पत्र काटेका थिए । उपसचिव पोखरेलले प्रधानमन्त्री, मन्त्री, सचिवलगायत १३ पाना लामो सफाइ बुझाएका छन् । नवलपुरको देउचुली नगरपालिकामा सरुवा भएका उपसचिव पोखरेल अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा हाजिर गरिरहेका छन् ।
आफूलाई सचिव बरालले सफाइ पेस गर्न पत्र काटेपछि उनले आक्रोशित हुँदै सफाइ पेस गरेका थिए । उनले लेखेका थिए, ‘तपाईंको अन्तरात्मा, तपार्इंका घरपरिवारका सदस्य, हितैषी तथा मानवतावाद र धार्मिक वा आध्यात्मिक दृष्टि भएका वा सत्यको पक्षमा अडिन सक्ने स्वाभिमानी र जीवनभर समाजवाद र जनताको न्यायका लागि संघर्ष गर्नुहुने आफ्नै मन्त्रीज्यूको सल्लाहबाट अपराधी, भयानक षड्यन्त्रकारी र आतंककारी ठहरिए जे सजाय गर्न उचित हुन्छ । सोको कारबाहीप्रति मेरो विमति हुनेछैन । तर, मलाई दण्डित गरेबापत सबैको आत्माले शान्ति, आनन्द र स्वर्ग वा लुटको स्वर्गको प्राप्तिचाहिँ गरेको हुनैपर्दछ, अन्यथा सार्वभौम नागरिकको उपस्थिति नेलजेलको त्रासले रोकिनेछैन ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply