साझामा लफडै–लफडा
काठमाडौं । न संस्थाको अध्यक्ष को हुन् भन्ने टुंगो छ, लामो समय बितिसक्दा पनि न सञ्चालक समितिको बैठक बस्न सकेको छ, न त कर्मचारीहरू नै काममा खटिएका छन् । नेपालमा एउटा त्यस्तो संस्था पनि छ, जो अहिलेसम्म पनि चलिरहेको छ ।
त्यो संस्था हो– साझा प्रकाशन । केही वर्षसम्म शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमातहतमा रहेको र पछिल्लो समय भने सहकारी मन्त्रालयमातहत आएको साझा प्रकाशनको सञ्चालक समितिको बैठक विगत नौ महिनादेखि बस्न सकेको छैन । नियमावलीअनुसार हरेक दुई महिनामा बैठक बस्नुपर्ने हो । तर, सञ्चालक समितिको अन्योलका कारण अहिलेसम्म बैठक बस्न सकेको छैन । अहिले सञ्चालक समितिमा निर्वाचनद्वारा आएका डा. विजय सुब्बा, हरिहर खनाल र जीवनचन्द्र कोइराला छन् । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियुक्त गरेका हरि अधिकारी, मुक्ति सुवेदी र डीपी अर्याल पनि सञ्चालक हुन् । तर, केही महिनापूर्व मन्त्री श्रेष्ठको पालामा नियुक्ति पाएका तीन जना सञ्चालकहरूलाई हटाउने निर्णय गरिएको थियो । सञ्चालकहरूलाई हटाउने निर्णय भएपछि सुवेदी र अर्यालले सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याएका थिए भने अर्का सञ्चालक अधिकारी भने अदालत गएनन् ।
तीनजना सञ्चालकलाई हटाएपछि तत्कालीन सहकारीमन्त्री पद्मा अर्यालले रामकुमार श्रेष्ठ, गायत्री लम्साल र मोहन दुवाललाई सञ्चालक सदस्यमा नियुक्त गरेकी थिइन् । तर, सुवेदी र अर्यालले अन्तरिम आदेश ल्याएपछि नयाँ नियुक्ति खारेजीमा परेको थियो । यस्तै अन्योलबीच सञ्चालक समितिको बैठक बस्न सकिरहेको छैन ।
साझाको अध्यक्ष को हुन् भन्ने विवाद पनि अहिलेसम्म सल्टिएको छैन । डोलिन्द्रप्रसाद शर्माले आफू नै अध्यक्ष भएको दावी गर्दै हिँडेका छन् भने तेजकुमार शर्मा पनि अध्यक्षका रूपमा रहेका छन् । शिक्षा मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको तेजकुमार नै साझाको अध्यक्ष रहेको फैसला सर्वोच्च अदालतले गरेको हुँदा उनी नै अध्यक्ष रहेको बताइन्छ । २०७५ भदौ ७ गतेको सर्वोच्चको फैसलाले तेजकुमार अध्यक्ष पदमा कायम रहेको फैसला गरेको थियो । तर, डोलिन्द्रले भने आफू अध्यक्ष र महाप्रबन्धक दुवै रहेको दाबी गर्दै आएका छन् । बाहिरतिर आफू नै अध्यक्ष र महाप्रबन्धक रहेको दाबी शर्माले गरे पनि उनी गएको भदौ २८ पछि साझामा फर्केर आएका छैनन् ।
साझाभन्दा बाहिर रहे पनि शर्माले साझाको स्वामित्व रहेको सबैको नेपाली, लिंक इङ्लिस र एक चिहानजस्ता पाठ्यपुस्तकहरू आफूखुसी छाप्दै र बेच्दै आइरहेका छन् । साझाको किताब अवैध रूपले छापेर नाफा कमाउन पाइरहेको हुँदा डोलिन्द्रले आफूलाई अझै पनि साझाको अध्यक्ष र महाप्रबन्धक रहेको दाबी गर्न नछाडेको बताइन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply