सशस्त्रमा असन्तुष्टि छलाछुल्ल
काठमाडांै । यही फागुन ५ गते साँझ सशस्त्र प्रहरीमा एसपी पदमा बढुवा सार्वजनिक गरिएलगत्तै एआईजी नारायणबाबु थापाले फेसबुक स्टाटसमा लेखे, ‘प्रमोसन सिफारिस भएको वेबसाइटबाट थाहा पाइयो, हुने सबैसबैलाई एकमुष्ट बधाई, अब सशस्त्र बन्छ भन्ने हाम्रो ठम्याइ छ, जय नेपाल ।’
पछि हटाइएको सो स्टाटसले धेरै चर्चा मात्र पाएन, संगठनको असन्तुष्टि पनि छताछुल्ल पारेको छ । पछिल्लो समय एकपक्षीय, पूर्वाग्रही र लाभकेन्द्रित भएर काम गरिरहेको आरोप लागिरहेका बेला सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल फेरि विवादमा परेका छन् । संगठनको वरिष्ठ एआईजीले सामाजिक सञ्जालमै यति लेख्ने हिम्मत गर्नुले सो बढुवामा आइजीको कतिसम्म मनपरी रहेछ भन्ने पुष्टी गरेको छ ।
त्यसो त आफूहरूलाई नम्बर दिँदा नै पूर्वाग्रही भएर कम नम्बर दिएको भन्दै नतिजा पुनरावलोकनका लागि गृह मन्त्रालयमा उजुरी परेको छ । गत मंगलबार भएको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै सशस्त्रका दुई डीएसपी लेखबहादुर खनाल र अच्युत मजगैयाले गृह मन्त्रालयमा उजुरी दिएका छन् । । अघिल्लो साता भएको बढुवा सिफारिसमा आफूहरू छुटेको भन्दै डीएसपी खनाल र मजगैंयाले आइतबार अपराह्न गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।
डीएसपीद्वय खनाल र मजगैंयाले गृह सचिव प्रेमकुमार राई अध्यक्ष रहेको उजुरी सुन्ने समितिमा उजुरी दिएका हुन् । सशस्त्र प्रहरी बलले फागुन ५ गते ३७ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको थियो ।
नियमावलीमा व्यवस्था भए बमोजिम बढुवा सिफारिसमा चित्त नबुझेकाले उजुरी दिइएको बताइएको छ । उम्मेदवारको कार्यसम्पादनका आधारमा बढुवा गर्दा पक्षपात गरिएको भन्दै यो प्रकरणमा सशस्त्रका अधिकांश उम्मेदवार असन्तुष्ट छन् । वरिष्ठता र कार्य सम्पादनका आधारमा बढुवा सिफारिस गरिँदा संगठनले नेतृत्वले विभेद गरेको उनीहरूको आरोप छ ।
स्टाफ कलेज गरेका र कार्य क्षेत्रमा समेत अब्बल रहेका केही डीएसपीहरू बढुवाबाट छुटेका छन् । सशस्त्र प्रहरी नियमावलीमा बढुवामा चित्त नबुझे उजुरी हाल्ने प्रावधान छ । बढुवा सिफारिसउपर चित्त नबुझे सशस्त्र प्रहरी नियमावलीको नियम ५५ अनुसार सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने नियम छ । सोही नियमलाई टेकेर उजुरी हालेकाले अब उजुरी सुन्ने समितिले सक्कलै कागजात मगाएर अध्ययन गर्न सक्नेछ । समितिले आफूहरूलाई न्याय दिने आशा उनीहरूले गरेका छन् ।
बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल अध्यक्ष, गृह मन्त्रालयले खटाएका सहसचिव केदारनाथ शर्मा सदस्य र प्रशासनका हेर्ने डीआईजी सदस्य सचिव रहने व्यवस्था छ । बढुवामा छुटेकाहरूले सशस्त्र नेतृत्वले आफूहरूलाई कार्यसम्पादन मूल्यांकनबापत दिइने नम्बरमा विभेद गरेको आरोप लगाएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवाका लागि भएको सिफारिसलाई लिएर सशस्त्र मुख्यालयभित्रै असन्तुष्टि चुलिएको यो पहिलोपटक भने होइन । डिआईजीमा बढुवामा पनि अन्तिमसम्म विवादास्पद र कनिष्ठलाई ल्याउन आइजी खानालले अन्तिमसम्म निकै प्रयास गरे पनि अन्तिममा सफल हुन सकेका थिएनन् । संगठनको नेतृत्व गर्ने क्षमता भएका आधा दर्जन डीएसपी बढुवामा छुटेको बताइएको छ ।
सशस्त्रका आईजी खनालले राम्रा र काबिल डिएसपीहरूलाई भन्दा पनि राजनीतिक सन्तुलत कायम गर्ने उद्देश्यले बढुवामा सिफारिस गरेको स्रोतको दाबी छ ।
केही राम्रा र सक्षम डीएसपीहरू बढुवाका लागि सिफारिस भएका छन् । त्यसमा कसैको आपत्ति छैन,’ बढुवामा नपरेका एक डीएसपीले गुनासो गरे, ‘तर कार्यसम्पादन र वरीयतामा निकै तल रहेकालाई पनि राजनीतिक पहुँचका आधारमा जबर्जस्ती तानिएको छ । त्यसमा हाम्रो आपत्ति हो ।’ बढुवा सिफारिस प्रक्रियामा आईजीपी खनालले संगठनकै एआईजीहरूसँग समेत परामर्श नगरेको असन्तुष्टहरूको आरोप छ । नातागोता, क्षेत्रीयता र आफूअनुकूलको राजनीतिक सन्तुलन कायम गर्ने गरी बढुवा सिफारिस गरिएको उनीहरूले दाबी गरेका छन् ।
डीएसपीहरू मजगंैया, खनाल, पूर्ण साउदका अतिरिक्त प्रकाश सुवेदी, दीपक थापा, सुवास भण्डारी, सुधीर सुवेदी, सञ्जय भट्टराई, राजकुमार लामिछानेलगायत बढुवा सिफारिसमा छुटेका छन् । बढुवामा छुटेका केही डीएसपीले सशस्त्रका आईजी खनाललाई भेटी असन्तुष्टि पोखेको सशस्त्र मुख्यालय स्रोतले दाबी गरेको छ ।
यो पटकको बढुवामा व्यापक आर्थिक चलखेल भएको, नेपाल प्रहरीबाट सिफ्ट भएका अधिकृतहरूलाई पूर्वाग्रह गरिएको बताइएको छ । अहिले छुटेकाहरू सबैलाई अलग–अलग भेटेर अर्को लटमा एक नम्बरमा हालेर बढुवा गर्दिन्छु भन्दै आईजी खनालले आश्वासन दिन थालेको बताइएको छ । केही अच्यूत मजगैंयाहरू ६ महिनाभित्र बढुवा नभए अवकाश हुने अवस्था छन् । अघिल्लोपटक छुटेका मध्येमा एक र दुई नम्बरमा दुईजना लिइएको र अर्को एक व्यक्तिलाई भने २० नम्बरमा बढुवा गरेका छन् भने बाँकीलाई पन्छाएर नयाँ ल्याइएको छ । अहिले ५ नम्बरमा बढुवा भएका भूपेन्द्र केसी डिएसपी बढुवामा ६८औं नम्बरमा थिए । त्यस्तै ६ नम्बरमा बढुवा गरेका कमल तिम्सि ना आइजीको सचिवालया रहेर चाकडी बजाएकाले अगाडि आएको बताइन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply