एसपीसहित २ सय ५६ को जागिर चट
काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्षमा एसपीदेखि कार्यालय सहायकसम्म गरि २ सय ५६ जनालाई सेवाबाट हटाएको छ । गत वर्ष भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने मध्ये २४९ लाई सेवाबाट हटाइएको र सातजनालाई बर्खास्त गरेको हो । यसरी सेवाबाट हटाइएकामा एक एसपी, दुई इन्स्पेक्टर, पाँच सई, ११ असई, २४ हवल्दार, १ सय ९५ जवान र ११ जना कार्यालय सहयोगी छन् । त्यस्तै, एकएकजना असई र सई, दुई हवल्दार, दुई जवान र एक कार्यालय सहयोगीलाई बर्खास्त गरिएको छ । त्यसअघि आव २०७४÷७५ मा २ सय ८० प्रहरी यस्तो कारबाहीमा परेका थिए ।
सेवाबाट हटाइएका सबैभन्दा माथिल्ला अधिकारीमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट छन् । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा सरकारले उनी र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा १ हजार ८ सय प्रहरीमाथि विभागीय कारबाही भएको छ । बर्खास्त र नोकरीबाट हटाइएका बाहेक १ हजार ५ सय ४४ माथि अन्य कारबाही भएको हो । प्रहरीका विभागीय कारबाहीमा घटुवा, ग्रेड घटुवा, ग्रेड रोक्का, पदोन्नति रोक्का, नसियत, निलम्बनलगायत रहेका छन् । विभागीय कारबाहीमा पर्नेमा दुई एसएसपी र तीन एसपी छन । त्यस्तै, दुई डिएसपी, १९ इन्स्पेक्टर, ७१ सई, एक सय ३८ असई, तीन सय ५९ हवल्दार, १ हजार १ सय ८३ जवान र २३ कार्यालय सहयोगी छन् । धेरैमाथि नसियतको कारबाही भएको छ ।
प्रहरी नियमावलीमा नैतिक पतन हुने काम गरे, भ्रष्टाचारमा दोषी ठहर भए, अन्य देशको स्थायी बसोबासको अनुमतिपत्र लिएको वा आवेदन दिएको पाइए र प्रहरीको विशेष अदालतबाट दोषी ठहर भएका प्रहरी बर्खास्त हुने व्यवस्था छ । त्यस्तै, पदीय जिम्मेवारीमा लापरबाही गरे, बारम्बार आचरण उल्लंघन गरे, ड्युटीमा मादक पदार्थ सेवन गरे, पटकपटक अनुशासनहीन काम गरे, राजनीतिमा भाग लिए, बिदा स्वीकृतबिना ४५ दिनभन्दा लामो समय हाजिर नभए, फौजदारी कसुरमा दोषी ठहर भए सेवाबाट हटाउन सकिने नियमावलीमा उल्लेख छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply