नेकपामा कुन नेतालाई के जिम्मेवारी ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्जहरूको नाम टुंगो लगाएको छ । बैठकले बामदेव गौतमलाई केन्द्रीय कमिटीको उपाध्यक्ष मनोनीत गर्नुका साथै पार्टी केन्द्रीय कार्यालयको जिम्मेवारी इश्वरी रिजाल र श्रीराम ढकाललाई तोकेको छ ।
बैठकले प्रदेश सहइन्चार्जहरूमा प्रदेश १ मा नरेश खरेल र शेरधन राई, प्रदेश २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश ३ मा काशिनाथ अधिकारी र हितमान शाक्य, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङ, प्रदेश ५ मा कुलप्रसाद केसी र वैजनाथ चौधरी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिम प्रदेश खगराज भट्ट र भानुभक्त जैसीलाई जिम्मेवारी तोकेको छ । त्यस्तै बैठकले ३३ केन्द्रीय विभागहरूमा पनि जिम्मेवारी तोकेको छ । जसअनुसार अर्थ तथा योजना विभागमा प्रमख सुरेन्द्र पाण्डे, उपप्रमुखमा डोरप्रसाद उपाध्याय, उद्योग तथा वाणिज्य विभाग प्रमुखमा राधा ज्ञवाली, उपप्रमुखमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखमा मातृका यादव, उपप्रमुखमा बलराम बास्कोटा, कृषि तथा भमिसुधार विभाग प्रमुखमा चक्रपाणि खनाल, उपप्रमुखमा हरि पराजुली, कोष तथा आर्थिक व्यवस्थापना विभाग प्रमुखमा हरिबोल गजुरेल, उपप्रमुखमा कृष्णगोपाल श्रेष्ठ, खानेपानी तथा सरसफाई विभाग प्रमुखमा बिना मगर, उपप्रमुखमा ममता गिरी, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुखमा वर्षमान पुन, उपप्रमुखमा परशु मेघी गुरुङ, निर्वाचन विभाग प्रमुखमा प्रदीप ज्ञवाली, उपप्रमुखमा खिमलाल देवकोटा, न्याय, कानुन तथा मानवअधिकार विभाग प्रमुखमा रघुजी पन्त, उपप्रमुखमा मुक्तिनारायण प्रधान, पर्यटन प्रवर्दन तथा नागरिक उड्डयन विभाग प्रमुखमा योगेश भट्टराई, उपप्रमुखमा पासाङ शेर्पा, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ, उपप्रमुखमा सूर्यबहादुर थापा, प्रादेशिक मामिला विभाग प्रमुखमा घनश्याम भुसाल, उपप्रमुखमा परशुराम तामाङ, पार्टी स्कुल विभाग प्रमुखमा ईश्वर पोख्रेल, उपप्रमुखमा देवेन्द्र पौडेल, पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा नारायणाप्रसाद शर्मा, उपप्रमुखमा ज्ञानबहादुर भुजेल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा रघुवीर महासेठ, उपप्रमुखमा हरि अधिकारी, युवा तथा खेलकुद विभाग प्रमुखमा टोपबहादुर रायमाझी, उपप्रमुखमा ठाकुर गैरे, राजकीय मामिला तथा सुशासन विभाग प्रमुखमा रामबहादुर थापा, उपप्रमुखमा गुरु बराल, वन तथा वातावरण विभाग प्रमुखमा शक्ति बस्नेत, उपप्रमुखमा चूडामणि जंगली, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा गणेश शाह, उपप्रमुखमा अरुण नेपाल, विदेश मामिला विभाग प्रमुखमा माधवकुमार नेपाल, उपप्रमुखमा सुरेन्द्र कार्की, शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा गिरिराजमणि पोख्रेल, उपप्रमुखमा विजय पौडेल, श्रम तथा रोजगार विभाग प्रमुखमा गोकर्ण विष्ट, उपप्रमुखमा रामेश्वर राय यादव, संगठन विभाग प्रमुखमा वामदेव गौतम, उपप्रमुखमा जनार्दश शर्मा, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, उपप्रमुखमा देवप्रसाद गुरुङ, समाज कल्याण विभाग प्रमुखमा केशवलाल श्रेष्ठ, उपप्रमुखमा गोपाल ठाकुर, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा विष्णु रिमाल, उपप्रमुखमा धर्मदत्त देवकोटा, सहरी विकास विभाग प्रमुखमा लेखराज भट्ट, उपप्रमुखमा जगन्नाथ खतिवडा, सामान्य प्रशासन विभाग प्रमुखमा लालबाबु पण्डित, उपप्रमुखमा रेखा शर्मा, साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा मणि थापा, स्थानीय तह विभाग प्रमुखमा युवराज ज्ञवाली, उपप्रमुखमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा राजेन्द्र पाण्डे, उपप्रमुखमा अञ्जना विसंखे, नीति अनुसन्धान प्रतिष्ठान संयोजकमा झलनाथ खनाल र सहसंयोजकमा रामचन्द्र झालाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै आइतबार साँझ बसेको सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज, विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरूको टुंगो लगाएको छ । जसअनुसार उपत्यका विशेष कमिटीको इन्चार्ज लीलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष राजन भट्टराई ,सचिव लेखनाथ न्यौपाने, युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनीता बराल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्ज बिना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा सचिव नरनाथ लुइँटेल पेसागत विशेष जिल्ला कमिटी इन्चार्ज केशव नेपाल, सहइन्चार्ज प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली, सचिव कृष्णराज केसी, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी इन्चार्ज पार्वत गुरुङ, सहइन्चार्ज शशी श्रेष्ठ, सचिव चन्द्र रिजाल, केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा सहइन्चार्ज डिलाराम आचार्य, झक्कु सुवेदी रहेका छन् । जनवर्गीय संगठनहरूतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती, सहइन्चार्ज विनोद श्रेष्ठ, किसान महासंघको इन्चार्ज बामदेव गौतम, सहइन्चार्ज सुनिल मानन्धर, महिला इन्चार्ज गोमा देवकोटा, सह इन्चार्ज कमला रोक्का, युवा इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, विद्यार्थी इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल, वुद्धिजिवी इन्चार्ज अग्नि सापकोटा, सहइन्चार्ज टंक कार्की, पेसागत महासंघ इन्चार्ज पम्फा भुसाल र सहइन्चार्ज विश्वनाथ प्याकुरेल रहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply