३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे
काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मुल समारोह समितिसमेत गठन गरिएको छ ।
दिवसलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरूसमेत निर्माण गरिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचारप्रसार उपसमिति, सामाजिक विकासमन्त्री युवराज दुलालको संयोजनमा रचनात्मक क्रियाकलाप व्यवस्थापन समिति, ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठी उपसमिति, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनीतिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको छ । दिवसमा सरसफाइ, परिसंवाद, खेलकुद कार्यक्रम, दीपावली, बढाई कार्यक्रम, विभिन्न धार्मिक स्थलमा दीपावली, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, वृक्षरोपण, रक्तदान तथा मकवानपुरगढीमा नेपालको विशाल झन्डा झन्डोत्तोलन तथा मुख्यदिन बृहत् कार्यक्रम गरिने भएको छ ।
बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवस कर्मकाण्डी नभई प्रभावकारी बनाउने बताए । मुख्यमन्त्री पौडेलले जिम्मेवारी बाँडफाँटअनुसार काम सम्पन्न गर्न निर्देशन दिए । संविधान दिवस भनेको इतिहास हो । यसलाई झल्काउनेगरी मनाउने उनको भनाइ थियो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाँल, मुख्य न्यायाधिवक्ता ओम थपलिया, सुरक्षा निकायका प्रमुखहरू, मन्त्रालयका सचिवहरू, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागार्इंलगायतको सहभागिता रहेको थियो ।
वरिष्ठ सञ्चारकर्मी लोहनीलाई पितृशोक
काठमाडौं । वरिष्ठ सञ्चारकर्मी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् उषा लोहनीलाई पितृशोक परेको छ । लोहनीका पिता बटुकप्रसाद लोहनीको उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ समाजसेवी, बुद्धिजीवी तथा वामपन्थी विचारका व्यक्तित्व लोहनी पछिल्लो समय निमोनियाका कारण ग्रस्त थिए । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । लोहनीको सोमबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली गरिएको थियो अन्त्यष्टिका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा नेतृ पम्फा भुसाललगायत पुगेका थिए । लोहनी वामपन्थी हुनुका साथै नेकपाका संस्थापक पुष्पलालका साथी तथा भरतमोहन अधिकारीको सहपाठी थिए । उनको तुलसीलाल अमात्य, निर्मल लामा मोहनचन्द्र अधिकारीलगायतसँग राम्रो संगत रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply