अलपत्रै छाडियो कम्प्युटर ल्याब
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम अगाडि बढ्न सकेको छैन । काममा ढिलासुस्ती हुँदा अनेक संशय उत्पन्न हुन पुगेको छ ।
देशभरिका करिब ९ सय ३० वटा सरकारी विद्यालयमा कम्प्युटर ल्याब राख्न प्राधिकरणले प्रस्ताव आह्वान गरेसँगै विभिन्न विद्यालयहरूले आवेदन दिएका थिए । त्यसमा राम्रो व्यवस्थापनसहित सञ्चालन भइरहेका ९ सय ३० विद्यालय छनोटमा परेका थिए । छनोटमा परेका ती विद्यालयहरूसँग चार–पाँच महिनाअघि नै प्राधिकरणले सम्झौता गरिसकेको थियो । सम्झौता गर्दा प्राधिकरणले ती विद्यालयहरूसँग ‘हामी दुई महिनाभित्र नै काम सुरु गरिसक्छौं’ भनेर बचनबद्धता जाहेर गरेको थियो ।
सम्झौता गर्दा प्राधिकरणले कम्तिमा २४ वटा कम्प्युटर (डेस्कटप) र इन्भर्टरसमेत दिने सम्झौता भएको थियो । विद्यालयले भने कोठा, विद्युत् र फर्निचरको व्यवस्था गर्नुपर्ने कुरा सम्झौतामा उल्लेख छ । साथै, कम्युटर ल्याब जडानका लागि लाग्ने खर्च पनि प्राधिकरणले नै बेहोर्ने सम्झौता भएको थियो ।
प्राधिकरणले विभिन्न विद्यालयसँग सम्झौता गर्नुअगावै सो प्रयोजनका निम्ति पौने ४ अर्ब रूपैयाँको ठेक्कासमेत लागिसकेको छ । टेन्डर आह्वान भएर ठेक्का दिइएको लामो समय बितिसक्दा पनि प्राधिकरणले तत्परता नदेखाउँदा कामले गति लिन नसकेको हो । कम्प्युटर ल्याब बनाउन संयुक्त रूपमा ओम्नी र म्याक्स इन्टरनेसनले ठेक्का पाएका थिए । दुई महिनाभित्र काम सुरु हुन्छ भने पनि लामो समय बितेपछि के कारणले उक्त काम अघि बढ्न नसकेको हो ? अहिले सम्झौता भएका सबै विद्यालयको व्यवस्थापनले ठेकेदार कम्पनीहरूको ढिलासुस्तीको कारण खोजी गर्न थालेका छन् ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply