श्री लालीगुँरास सहकारीको २०औं साधारणसभा सम्पन्न
ललितपुर । ललिलतपुर महानगरपालिका–३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पाटीका अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा साधारणसभामा सम्पन्न भएको थियो । भट्टराईले देशको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले सहकारी क्षेत्रमा श्री लालीगुराँस सहकारीले गरेको योगदानको कदर गरे । उनले सकाकारले सहकारीको योगदानको विषयलाई बिर्सन नहुने उल्लेख गरे ।
कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले आव २०७५÷७६ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीबारे जानकारी गराए । संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजस्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उहाको थियो । संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर सञ्चालित करिब ३५ हजार सहकारी मध्य श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. उत्कृष्ट संस्थाका रूपमा पहिचान बनाउन सफल रहेको बताए । उनले सहकारी संघसंस्थाहरूबाट प्रत्यक्ष रूपमा तीन लाख भन्दा बढी व्यक्तिहरूले रोजगारी प्राप्त गरेका जानकारी गराउनुभयो । देशका कुल गार्हस्थ्य उत्पादनमा करिब ५ प्रतिशत योगदान गरेको सहकारीले स्थानीय तहमा युवा, महिला वृद्धवृद्धाको उल्लेख्य सहभागिता बढेको बताउँदै सहकारीकै क्षेत्रको विकासका कारण देशको आर्थिक अवस्थामा सुधार आएको जानकारी दिए ।
सहकारीमा करिब साढे ६ खर्ब भन्दा बढी बचत र ७ अर्ब रुपिया भन्दा बढी ऋण परिचालन भएको छ । उनले देशभरका सहकारीमा करिब ६५ लाख भन्दा शेयर सदस्यहरूको आवद्धता रहेको जानकारी दिनुभयो । सहकारीमार्फत देशको आर्थिक विकास गर्न सहकारीमैत्री कानुन निर्माण गरिनुपर्नेमा जोड दिए । उनले सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पूरा गर्न सहकारी क्षेत्रमा लगानी वृद्धि गरी देशको विकास सम्भव रहेको जानकारी दिनुभयो ।
संस्था स्थापना भएको दुई दशकमा सहकारीको सेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म सञ्चालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्थामार्फत आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको, ३६ जिल्लामा सदस्य सुविधा सञ्चालन गर्ने अनुमति पाएको संस्थाले यो वर्ष करिब आधा दर्जन जिल्लामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको छ । फागुन महिनासम्म सञ्चालनमा ल्याउने तयारीसहित ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योगको निर्माण कार्य भैरहेको जानकारी गराइयो । संस्थाले गरेको योगदानको कदर गर्दै गतवर्ष प्रदेश ३ बाट उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरिसकेको छ ।
संस्थाले शेयर सदस्यका माग अनुसार सुविधा दिन ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र न्युरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सा सदस्य सुविधा काउन्टर सञ्चालन गरिसकेको छ । यो वर्ष भित्र काठमाडौंको नयाँ बजार, र महाराजगन्ज, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।
कार्यक्रममा पुर्व मन्त्री एवं नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेपाली काग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृण खाँड, पूर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी संस्थाले नेपालको आर्थिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य जनकराज शाह, संविधान सभा सदस्य, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवं अन्तराष्ट्रिय सहकारी महासंघका सञ्चालक ओमदेवी मल्लले संस्थाले सहकारी क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
संस्थाको सामाजिक उत्तरदायित्व बहुउद्देश्यी लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छीखेलमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा लालीगुराँस मावि÷कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, श्री लालीगुराँस दुग्ध उद्योग प्रशोधन उद्योग, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलगायत अन्य विभिन्न संघसंस्थाहरूमा लगानी गरेको संस्थाले जनाएको छ । संस्थाले संस्थाबाट संचालित कार्यक्रमहरूलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी तुल्याउन आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा उपयुक्त तालिमहरू प्रदान गर्दै आई रहेको छ ।
साधारणसभामा संस्थाका ८० वर्ष पूरा गरेका २६ जना ज्येष्ठ सेयर सदस्य र नौजना शारीरिक अशक्तलाई नगद ५–५ हजार सहित सम्मान गर्नुभएको थियो । त्यस्तै पूर्वमन्त्री एवं नेकपाका प्रमुख सचेतक गुरुङ र पूर्वमन्त्री एवं नेपाली काग्रेसका नेता खाँडले एसइईमा उत्कृष्ट नतिजा ल्याउने १७ जनालाई ५ हजार नगदसहित सम्मन गरिएको थियो । त्यस्तै रुसमा सम्पन्न आठौं प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा स्वर्ण पदक विजेता संस्थाका शेयर सदस्य स्वराज सागर प्रधानलाई विशेष सम्मान गरिएको थियो ।
साधारणसभामा संस्थामा ५ वर्ष स्थायी सेवा पुरा गरेका विनेश महर्जन, अनिता तको, अञ्जु सिलवाल, सारदा राई र पवित्रा खड्कालाई सम्मान गरिएको थियो । त्यस्तै आव २०७५÷७६ मा उत्कृष्ट काम गरेबापत चावहिल सदस्य सुविधा काउन्टरमा कार्यरत अञ्जु सिलवाललाई २५ हजार रुपैयाँसहित उत्कृष्ट र मुख्य कार्यालयमा कार्यरत अनुजा कार्कीलाई ३५ हजार नगद रुपैयाँ नगदसहित सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply