ठाकुरलाई रोक्ने खेलमा शर्वेन्द्र
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आजको ५४ दिनपछि अवकाश हुने भएपछि अनेक खालका खुद्रा षड्यन्त्रमा लाग्न थालेका छन् । उनले विशेष परिस्थितिमा सरकारले आफ्नो अवधि ६ महिना थप्न सक्ने सम्भावनाका अड्कलबाजी मिसिएको मनोगत प्रचार गराउँदै हिँड्ने मात्र होइन, त्यति गर्न सके एआइजी ठाकुर ज्ञवालीलाई आइजी हुनबाट रोक्न सकिने सम्भावनाका खेल खेल्न लिप्त भएर लागेको बुझिएकोे छ ।
हाल डिआइजी रहेका ज्ञवालीसँग पुरानो रिसिइबी साँध्न उनले यो तिकडम रचेर षड्यन्त्रसमेत सुरु गरिसकेको बताइन्छ । एसएसपी हुँदा कर्मचारी प्रशासन शाखामा रहेका र राम्रो क्याडर मानिएका ज्ञवालीलाई पूर्वआइजिपी प्रकाश अर्यालसँगको रिसिइबी साँध्ने औजार बनाएको थाहा भएको छ । दाङ घर भएका अर्याल र ज्ञवाली दुवैको पुरानो सम्बन्धका कारण अर्यालको रिस ज्ञवालीलाई आईजी बन्न नदिएर फेर्ने दाउमा आइजिपी खनाल रहेको प्रधान कार्यालयतिर चर्चा छ ।
आफ्नो कार्यकालभरि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नेदेखि सरुवा बढुवा निष्पक्ष गर्न नसकेकोलगायत दर्जनभन्दा बढी आरोप आइजिपी खनालमाथि लाग्दै आएको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply