संगठन भद्रगोल पारेर बिदा हुँदै आइजी
![संगठन भद्रगोल पारेर बिदा हुँदै आइजी संगठन भद्रगोल पारेर बिदा हुँदै आइजी](https://ebudhabar.com/wp-content/uploads/2018/04/sarbendra-khanal-sir-25072017050113-1000x0.jpg)
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको जागिर अवधि अब जम्मा ४२ दिन बाँकी छ । ३० वर्षे सेवा अवधिका कारण आगामी माघ २८ गते अवकाश हुँदै गरेका उनी त्यसको एक महिनाअघि बिदामा बस्नुपर्ने प्रचलन छ । तर, करिब २४ महिना आइजी भएका उनी सबैतिर भद्रगोल पारेर अवकाश हुँदैछन् । पछिल्लो समय आइजिपी सर्वेन्द्र खनालकै नालायाकीका कारण सबैतिर भद्रगोल भएको बताइएको छ ।
त्यसो त उनीमात्र होइन, उनका ब्याजीहरू पनि सोही दिन अवकाश हुँदैछन् । त्यसपछि अहिलेसम्मको वरिष्ठताको आधारलाई हेर्ने हो भने डिआइजी ठाकुर ज्ञवाली आइजी बन्नेछन् । अहिले उनी १ नम्बर प्रदेशमा कार्यरत छन् । यता आइजीसँगै ३० वर्षे सेवा अवधिका कारण घर जाने भए पनि पुष्कर कार्की भने एकपटक आइजिपी भइछाड्नेमा विस्वस्त भएको बुझिएको छ । त्यसो त आइजिपी खनाल आफ्नो समयावधि ६ महिना थप गर्न र कार्कीलाई कुनै हालतमा आइजी हुन नदिन तथा ज्ञवालीलाई समेत रोक्न भित्री षड्यन्त्रमा लागेका छन् । स्रोतका अनुसार उनले बाहिर अरूसँग आफू एक दिन पनि थप गरेर बस्न नचाहेको भन्न छाडेका छैनन् तर भित्री षड्यन्त्रका योजना बनाउन भने नेताहरूको घर घरमा समेत पुग्न थालेको बताइएको छ ।
उनलाई ६ महिना नभई एक दिन पनि थप गर्ने पक्षमा प्रधानमन्त्री केपी ओली नरहेको बताइन्छ । उनले ६ महिना थपको हल्ला अवकाश हुने दिनसम्म पनि मातहतका अधिकृतहरू चाकडीमा आइराखून् र आफ्नो सम्मान गरिराखून् भनेर चलाएको हल्लासिवाय केही नभएको बताइन्छ ।
आइजिपीको अवकाशको दिन नजिकिँदै आउँदा उनीकहाँ संगठनका अधिकृतहरूको आवतजावत कम हुने, सम्पर्क कम गर्ने, नटेर्ने, आदेश नमान्नेजस्ता घटना विगतमा पनि नभएका होइनन् । त्यसैले पनि आइजी खनाल बिदा नबस्ने मुडमा त छँदैछन्, त्यसबाहेक म्याद थप्ने र थपाउने हल्ला मच्चाएर अवकाशका दिनसम्म पनि आफ्नो चाकडी र चाप्लुसीमा प्रहरीहरू लागून् भन्ने सोचमा रहेको उनलाई नजिकबाट चिन्नेहरूले टिप्पणी गर्न थालेका छन् ।
पछिल्लोपटक गरिएको नेपाल प्रहरी अस्पतालको प्रमुखमा पनि वरिष्ठलाई पन्छाएर कनिष्ठलाई बढुवा गरेको भन्दै प्रश्न उठेको छ । त्यहाँ डा. मीनराज पाठक अहिले एआइजीमा बढुवा हुनुपर्ने भएपनि डा. आशा सिंहलाई बढुवा गरिएको हो । राष्ट्रपति भण्डारीले यस बीचमा बढुवा भएकी सिंहलाई दुईपटक भेट दिएकी थिइन् । पछिल्लोपटक गृह सचिव प्रेमकुमार राई र आइजी खनालबीच पनि कटु सम्बन्ध भएको बताइन्छ । केही दिनअघि डिआइजी महेशविक्रम शाह अवकाश भएपछि एक डिआइजी पद खाली छ भने केही एसएसपी पद पनि खाली छ । त्यतिमात्र होइन, इन्सपेक्टरबाट डिएसपीमा बढुवा गर्ने हो भने पनि करिब ४० पद पूर्ति हुन सक्ने सम्भावना छ । तर, आईजी र गृहसचिवबीच बढ्दो असमझदारीका कारण ती रिक्त पदमा तत्काल पदपूर्ति हुने सम्भावना टर्दै गएको छ । गृह सचिव राई आइजी खनाल बिदामा बसेपछि मात्र उक्त पदहरूमा पदपूर्ति गर्ने मनस्थितिमा रहेको बुझिएको छ । आइजी खनाल सबैतिर भद्रगोल पारेर षड्यन्त्रका बीच नै जिम्मेवारीबाट बाहिरिने दिन धेरै टाढा नरहेको जानकारहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
-
सुर्खेतमा आज एमालेको जनसभा
-
‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply