डेढ वर्षपछि पहिलो बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको डेढ वर्षपछि पार्टी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । गत ६ पुसमा सम्पन्न स्थायी समिति बैठकले आगामी २३ पुसबाट पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।
केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि एकीकरणको हस्ताक्षर प्रयोजनबाहेक नेकपाले अहिलेसम्म एजेन्डा केन्द्रित केन्द्रीय कमिटी बैठक डाकेको थिएन । १० जेठ २०७५ मा बालुवाटारमा हस्ताक्षर प्रयोजनका लागि भेला भएका केन्द्रीय कमिटी सदस्यहरू अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषण सुनेर फर्किएका थिए । विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बैठक बस्नुपर्ने व्यवस्था भएअनुसार यसबीचमा कमसेकम दुईवटा बैठक सम्पन्न भइसक्नुपथ्र्यो । तर, एकताएता पहिलोपटक बैठक आह्वान गरिएको छ ।
केन्द्रीय कमिटी बैठकअगावै एकताका बाँकी सम्पन्न गर्नेगरी अहिले गृहकार्य चलिरहेको छ । केन्द्रीय विभागहरूको पूर्णता, केन्द्रीय आयोग र निकायहरूको पूर्णताको काम केन्द्रीय कमिटी बैठकअगावै सकेर आन्तरिक जनपरिचालन अभियान चलाउने नेकपाको योजना छ । केन्द्रीय कमिटी बैठकबाट जनपरिचालन अभियान, विधान संशोधनलगायतका महŒवपूर्ण काम सम्पन्न गर्नका लागि तयारी भइरहेको छ । महासचिव विष्णु पौडेलले विभागहरूलाई पूर्णता दिन दिनहुँ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखसँग छलफल गरिरहेका छन् । अहिलेसम्म ३२ मध्ये २० भन्दा बढी विभागमा रहने सदस्यहरूको नामावली संकलन भइसकेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply