द्वन्द्वपीडित शिक्षकलाई राहत
काठमाडौं । द्वन्द्वकालीन समयमा पीडा झेलेका शिक्षकहरूले बल्ल राहत पाउने भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सेवा अवधि बाँकी रहेका द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने तयारी थालेको छ ।
द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले संकेत दिएपछि शिक्षा मन्त्रालयले सो प्रक्रियाको थालनी गरेको हो । द्वन्द्वकालीन समयमा २ सय ३३ जना स्थायी शिक्षक विस्थापित भएका थिए । सरकारले दुई वर्षअघि नै द्वन्द्वपीडित शिक्षकको विषयमा छानबिन गर्न एउटा आयोग नै गठन गरेको थियो । सो आयोगले द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्न सिफारिस गरेको थियो । मन्त्रालयले सिफारिस गरेपछि अर्थ मन्त्रालयसँग राय माग्दा अर्थले सकारात्मक जवाफ दिएपछि शिक्षक पुनर्बहालीको प्रक्रियाले गति लिएको हो ।
सेवा अवधि बाँकी रहेका द्वन्द्वपीडित शिक्षकलाई रिक्त दरबन्दीमा समायोजन गर्न अहिले शिक्षा मन्त्रालयले प्रस्ताव तयार पार्न थालेको बुझिएको छ । सो प्रस्ताव तयार भइसकेपछि मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइनेछ । आयोगले २ सय ८४ जना शिक्षक द्वन्द्वका कारण विस्थापित भएको निष्कर्ष निकालेको थियो । तर, त्यसमध्ये ४१ जनाको शिक्षक सेवा अवधि बाँकी नरहेकाले उनीहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न सिफारिस गरेको थियो भने बाँकीलाई रिक्त दरबन्दीमा समायोजन गर्न सिफारिस गरिएको थियो । विस्थापित भएका स्थायी शिक्षकहरूलाई बीचको अवधिको तलब भत्ता नदिएर पेन्सनका लागि उनीहरूको सेवा अवधि गणना गरिने हिसाबले समायोजन गर्न लागिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply