डिजी बन्न नेताको घरघर
काठमाडौं । केही दिनबाट रिक्त हुन लागेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक बन्न शिक्षाका सहसचिवहरूका दौडधुप बाक्लिएको छ । शिक्षाअन्तर्गतका सहसचिवहरू सो आकर्षक पदमा जान शक्तिकेन्द्रमा दौडधुपमा लागेका हुन् ।
बजेट र जनशक्ति परिचालनका हिसाबले महŒवपूर्ण मानिएको सो केन्द्रका प्रमख पद महानिर्देशकको दौडका लागि ६ जना सहसचिवको प्रतिस्पर्धा सुरु भइसकेको थाहा भएको छ । उक्त दौडमा सहसचिवहरू खगेन्द्र नेपाल, चूडामणि पौडेल, डा. हरि लम्साल, डा. तुलसी थपलिया, डा. लेखनाथ पौडेल, कृष्णप्रसाद काप्रीलगायत देखिएका छन् । दौडमा सबैभन्दा बढी दौडधुपमा सहसचिव कृष्णप्रसाद काप्री देखिएका छन् । उनी सहसचिवको ज्येष्ठतामा छैटौं वरीयताका भए पनि उनलाई भने चलखेल गर्न सक्ने सहसचिवका रूपमा लिइन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि अन्य नेताहरूकोमा पुगेर सहसचिवहरूले लबिङ थालेपछि नेताहरू नै कसलाई सिफारिस गर्ने भनेर धर्मसंकटमा परेको बताइन्छ । पछिल्लो समय वरिष्ठतामा निकै पछि रहेका काप्रीले नारायणकाजी निवास हात्तीवनमा आउजाउलाई बाक्ल्याएका छन् । काप्रीको पनि घर गोर्खा हो । हाल मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको प्रमुखका रूपमा काम गरिरहेका काप्रीले माध्यमिक शिक्षा ऐनको एकलौटी रूपमा मस्यौदा तयार गरिरहेका छन् । सहसचिव काप्रीभन्दा वरिष्ठतामा रहेका सहसचिव खगेन्द्र नेपाल, चूडामणि पौडेल, डा. हरि लम्साल, डा. तुलसी थपलिया, डा. लेखनाथ पौडेल भए पनि कसलाई महानिर्देशकको पद प्राप्त हुनेछ भन्ने विषयमा सबैले अनुमान गर्न सकेका छैनन् । पूर्वमाओवादी धारका सहसचिव केशव दाहाल पनि महानिर्देशकका लागि चर्चामा आएका पात्र हुन् । शिक्षाका सहसचिवमा नेकपा समर्थित बढी छन् । नेकपाको सरकार भएका बेला आफ्ना समर्थकलाई महानिर्देशकको जिम्मेवारी दिइनुपर्छ भनेर कर्मचारी संगठनहरू पनि शक्ति केन्द्रमा धाइरहेका छन् ।
स्रोतका अनुसार अधिकांश कर्मचारीहरूको चाहनामा सहसचिव डा. तुलसी थपलिया र चूडामणि पौडेलमध्ये एकजनालाई महानिर्देशक बनाउनुपर्ने भन्ने छ । उता केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठ पनि यस दौडमा देखिएका छन् । हालका महानिर्देशक बाबुराम पौडेल पनि श्रेष्ठको पक्षमा लाग्दै आएका छन् । केन्द्रका उपमहानिर्देशक डा. थपलियालाई पाठ्यक्रम विकास केन्द्रमा लैजाने र हालका उपमहानिर्देशक श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिने सोचमा मन्त्री रहेको मन्त्रालयका सहसचिवहरूको विश्लेषण छ । मन्त्री पोखरेलले आफ्ना नेता नारायणकाजी श्रेष्ठकै सिफारिसमा परेकालाई महानिर्देशक बनाउने निश्चितप्रायः छ । हाल मन्त्रालयमा कमलप्रसाद पोखरेल, दीपक शर्मा, कृष्णप्रसाद काप्री, रामशरण सापकोटा, शिक्षक सेवा आयोगमा वैकुष्ठप्रसाद अर्याल, पाठ्यक्रम विकास केन्द्रमा डा. लेखनाथ पौडेल, केन्द्रमा डा. तुलसी थपलिया, इमनारायण श्रेष्ठ, विष्णु अधिकारी, शिक्षाका लागि खाद्य कार्यक्रममा खगेन्द्र नेपाल, चिकित्सा शिक्षा आयोगमा डा. हरि लम्साल, शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा केशव दाहाल र युवा तथा खेलकुद मन्त्रालयमा अणप्रसाद न्यौपाने छन् ।
खेलकुद मन्त्रालयका सहसचिव न्यौपानेको गत वर्ष नै सरुवा भए पनि खेलकुदमन्त्रीले सो सरुवालाई नस्विकार्दा सरुवा कार्यान्वयन हुन सकेन । पाठ्यक्रम विकास केन्द्रका डा. लेखनाथ पौडेल आगामी महिना सेवा निवृत्त हुँदैछन् । कुनै बेला निकै निकट रहेका सहसचिव बैकुण्ठ अर्याललाई मन्त्रीले नरुचाएकाले शिक्षक सेवा आयोगमा थन्क्याउने नियतले सरुवा गरेका थिए । मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवं विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापी रूपमा प्रभावकारी ढंगबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा शिक्षा विभागको स्थापना भएको हो । तत्कालीन अवस्थामा सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिई सार्थक कार्यान्वयनको आवश्यकतासमेत विभाग स्थापनाको पृष्ठभूमि थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply