फागुनबाट नेकपाको विशेष अभियान
पार्टी प्रवेश, ¥यालीदेखि जनसभभासम्मको योजना
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ बाट पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान सञ्चालन गर्ने भएको छ । खासगरी पाँचमहिने कार्ययोजनासहित बनेको विशेष अभियान मूल रूपमा तीन महिना विशेष रूपले सञ्चालन गर्ने नेकपाको तयारी छ । गत १९ माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले अभियानको निर्णय गरेको थियो ।
‘समृद्ध नेपाल ः सुखी नेपालीको आधार–सुदृढ पार्टी सुशासन र लोकप्रिय सरकार’ भन्ने मूलनाराका साथ सुरु हुने अभियानको पहिलो महिना फागुनलाई तयारी र असारदेखि साउनसम्मलाई समीक्षामा केन्द्रित हुनेगरी नेकपाले योजना बनाएको छ । तयारीका निम्ति फागुन १५ भित्र सबै प्रदेश, जिल्ला र पालिकास्तरीय कमिटीहरूको बैठक सम्पन्न गर्ने र फागुन मसान्तसम्म सबै तहका पार्टी कमिटी र जनवर्गीय संगठनहरूको अभिमुखीकरण भेला सम्पन्न गरिसक्ने अभियानको कार्ययोजनामा उल्लेख छ ।
त्यस्तै, चैत र वैशाखभरि साबिक एमाले र माओवादी केन्द्र दुवैतर्फका संगठित सदस्यहरूको अभिलेखीकरण सम्पन्न गरी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, जेठमा घरदैलो, टोलभेला, टोलसभा, जन¥याली र सबै स्थानीय तहमा नगरपालिका र गाउ“पालिकास्तरीय आमसभा सम्पन्न गर्ने, पार्टीका जनप्रतिनिधिहरूसँग प्रदेश र स्थानीय तहहरूमा अन्तक्र्रिया गर्ने, सरकारस“गको सम्बन्ध विस्तार गर्ने, सरकारका सकारात्मक कामको प्रचार गर्नेलगायत विषय पनि अभियानमा समेटिएका छन् ।
पार्टी एकताको ऐतिहासिक महŒवबारे पार्टीपंक्ति र जनसमुदायलाई प्रशिक्षित गर्ने, पार्टीका नीति, निर्णय, विधानबारे सबै तहमा प्रशिक्षण सञ्चालन गर्दै वैचारिक, राजनीतिक, सांगठनिक र भावनात्मक एकता सुदृढ गर्ने, पार्टी एकीकरणस“ग जोडिएका बा“की सबै काम १५ दिनभित्र सम्पन्न गर्दै प्रदेश २ मा देखिएको विवाद पनि समाधान गर्नेलगायत विषय पनि अभियानको कार्ययोजनाभित्र समेटिएको छ । त्यस्तै, सरकारले गरेका राम्रा कामहरूको प्रचार गर्ने, त्यसका लागि अहिलेसम्मका कामका बुकलेट, पर्चासहित जनताबीच जाने, पार्टीका सबै तहमा हुर्किरहेको गुटबन्दी अन्त्य गर्दै अनुशासनको विकास, पार्टीलाई विधिसम्मत सञ्चालन, चुनावी घोषणापत्रअनुसार सरकारलाई काम गर्न प्रेरित गर्नेलगायत विषय पनि अभियानभित्र रहेको महासचिव विष्णु पौडेलले जनाए । जनप्रतिनिधिहरूस“ग अन्तक्र्रिया गरेर पार्टी र सरकारबीचको सम्बन्ध विस्तार गर्ने विषय पनि अभियानभित्र समेटिएको छ ।
पार्टी एकतालाई पूर्णता दिने क्रममा नेकपाले भारत प्रवासबाहेकका कमिटीहरूको एकीकरणलाई पूर्णता दिएको छ । केन्द्रीय निकायहरूको एकीकरणलाई अबको सचिवालय बैठकबाट पूर्णता दिने नेकपाको तयारी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply