असमकी स्रष्टाको ‘डम्फु’ काठमाडौंमा
काठमाडौँ । भारतको पूर्वोत्तर राज्य असमकी साहित्यकार रूमी लस्कर बोराद्वारा असमिया भाषामा लिखित तथा डा. सरिता शर्माद्वारा अंग्रेजी भाषामा अनूदित उपन्यास ‘डम्फु’ काठमाडौंमा विमोचन गरिएको छ । लेखिका बोरा र अनुवादिका डा. शर्माको उपस्थितिमा बागबजारस्थित सिटी म्याक्स सिनेमाघरमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा प्रा.डा. गोविन्दराज भट्टराईले उक्त कृतिको विमोचन गरेका थिए ।
विमोचन कार्यक्रममा बोल्दै प्रा.डा. भट्टराईले उपन्यासमार्फत लेखिका बोराले नेपाल–भारत अन्तरसम्बन्धबारे एउटा सिर्जनात्मक आयाम थपेको बताए । उनले अनुवादको महŒवमाथि प्रकाश पार्दै अनुवादिका शर्माले अनुवाद साहित्यमा उल्लेखनीय योगदान दिएको दाबी गरे ।
नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुरले लेखिका बोराद्वारा असमिया भाषामा लिखित उपन्यासलाई अनुवादक शर्माले अंगे्रजी भाषामा अनुवाद गरेर विश्वव्यापीकरण गरेको बताइन् । प्रा.डा. ठाकुरले ‘डम्फु’ उपन्यास अब्बल लागेको धारणा राखिन् ।
कवि तथा किराती सौन्दर्य चिन्तक भूपाल राईले लेखकले मातृभाषामै लेख्दा राम्रो हुने तर अनुवादका माध्यमबाट त्यसलाई विस्तार गरिनुपर्ने विचार व्यक्त गरे । कवि तथा समालोचक सुरेश हाचेकालीले लेखिका बोराले ‘डम्फु’ उपन्यासमार्फत नेपाल र असमको अन्तरसम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । उनले असमियाभाषी असमिया नागरिकले तामाङ समुदायको परपम्परागत मौलिक बाजा डम्फुलाई केन्द्रमा राखेर लेखेको उपन्यास ‘डम्फु’ले विश्वमा रहेका समस्त नेपाली डायास्पोरिक समुदायलाई गौरव महसुस गराउने विचार व्यक्त गरे । उनले लेखिका बोरा यसकारण धन्यवादको पात्र भएको जिकिर गरे ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
-
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
-
मोफसलका ‘आँखा बा’
-
भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
-
तस्वीरमा उहिलेको पोखरा
-
एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
-
एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
-
देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
-
एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
-
चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
-
नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply