संस्थापनइतर मात्र पाँचजना सभापतिका आकांक्षी
काठमाडौं । आगामी चौधौं महाधिवेशनबाट शेरबहादुर देउवालाई सभापतिबाट ‘बाइबाइ’ गर्ने भन्दै दुई वर्षअघिदेखि कोठे भेला गर्दै आएको संस्थापनइतर समूह नेतापपिच्छेका अलगअलग गुटका कारण झन्झन् कमजोर बन्दै गएको छ । कतिसम्म भने आगामी महाधिवेशनमा यो समूहबाट मात्रै पाँचजना सभापतिको उम्मेदवार बन्ने कसरतमा लागेका छन् । संस्थापनइतर पक्षका नेताहरूको ‘सभापति बन्ने’ यो लिगलिगे दौडको अवस्था बुझेर सभापति देउवा समूहले पार्टीभित्र आफ्नो पकड बलियो बनाउँदै लगेको छ ।
सभापति देउवाले महासमिति सदस्य मनोनयन र विभाग गठनमा यो समूहलाई एकजना पनि नदिएर संस्थापनइतर समूहको विरोधले केही नलछार्ने प्रस्ट संकेत दिइसकेका छन् । देउवाको एकलौटीका विरुद्ध धक्का दिने हिसाबले कसैले विरोध गर्ने हिम्मत पनि गरेका छैनन् । यसको अर्थ संस्थापनइतर समूह सबै आ–आफ्ना स्वार्थका मुख दशतिर फर्काएर बस्दाको परिणाम भएको बताइन्छ । कार्यशैलीको विरोध गर्ने युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरेहरू पनि महाधिवेशनमा कुन समूहमा लाग्दा सुरक्षित होइन्छ भन्ने जोडघटाउमा नै व्यस्त रहेको बताइन्छ । अघिल्लो महाधिवेशनमा देउवासँगै पराजित भएका रामचन्द्र पौडेल अघिल्लो समीकरणकै साथ लिएर एकपटक सभापति बन्ने सुरमा छन् । तर, विगतमा उनलाई सभापतिमा खुट्टा टेकाउने तत्कालीन कोइराला समूह अहिले उनलाई समर्थन नगर्ने निष्कर्षमा पुगेको छ । अघिल्लो महाधिवेशनमै कोइराला परिवारबाटै एकजना सभापतिको उम्मेदवार भएको भए देउवाले नजित्ने उनीहरूको निष्कर्ष छ । कोइराला परिवारका तीन नेता शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाले पटकपटक बैठक बसेर आगामी महाधिवेशनमा कोइराला परिवारकै एकजना सभापतिमा उठ्ने बताइसकेका छन् । तर, यो परिवारभित्र पनि तीनजनाले एकजनालाई स्विकार्न कठिन भएको बताइन्छ । स्रोतका अनुसार तीनै जनालाई आफूलाई केन्द्रमा राखेर यस्तो सन्देश दिएका हुन् । शेखरले त अनौपचारिक रूपमा उम्मेदवारी घोषणा नै गरेर जिल्ला दौडाहालाई तीव्रता दिएको बताइन्छ । अहिले महामन्त्री भएकाले आफू स्वाभाविक रूपमा अवको सभापतिको उम्मेवार भएको शंशाकले निकटस्थहरूसँग बताउने गरेका छन् । सुजताले पनि सभापतिको आकांक्षा पालेकी छन् ।
संस्थापनइतर समूहमै प्रकाशमान सिंह पनि सभापतिको बलियो आकांक्षी हुन् । पाँचजनाको यो आकांक्षालाई व्यवस्थापन गर्न यो समूहलाई निकै कठिन देखिन्छ । महाधिवेशन सम्ममा यो समूह आफंैमा तितिरबितिर हुने र फेरी पनि देउवा नै सभापति बन्ने खतरा बलियो रहेको बताइन्छ । यही अवस्था देखेर नै बीचको समय संस्थापनइतर समूहमा लागेका कृष्णप्रसाद सिटौला अहिले युटर्न भएर फेरि देउवा समूहमा प्रवेश भइसकेका छन् ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply