बीजकोयाका हाकिमको यो हर्कत
काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ ।
माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको जिम्मेवारी भएको सो केन्द्रले नेपाल सरकारले दिएको बजेट सक्ने तर उपलब्धिमूलक काम केही गर्ने नगरेको भन्दै प्रश्न उठेको छ ।
उनले वार्षिक कार्ययोजनाअनुसार काम गर्न नसकेको र विगतदेखि नै किसानहरूले पाउँदै आएको माहुरीको घार, च्याउ खेतीलगायत अनुदानसमेत अन्यत्र परिचालन गरी दुरुपयोग गरेको किसानहरू बताउँछन् । मूलतः उनले सो अड्डालाई आफूले लेखेको किताब बिक्रीको थलोका रूपमा रूपान्तरण गरेको र सबैलाई आफ्नो किताब बेच्न जबर्जस्ती गर्ने गरेको बताइएको छ । त्यति मात्र होइन, गण्डकी प्रदेश सरकारअन्तर्गतको कृषि विकास निर्देशनालयको निर्देशनसमेत लत्याउने गरेको भन्दै उनीमाथि प्रश्न उठेको छ ।
अधिकांश ज्यामी र मजदुरहरूलाई दैनिक ज्यालादारीमा काममा लगाउने गरिएकोमा पाँच कामदारलाई काम लगाएर २५ जनाको हिसाब बनाएर सोबापतको रकम खल्तीमा हाल्ने काममा उनीहरू संलग्न रहेको बताइन्छ । यसरी महिनामै लाखौं रकम गोलमाल गर्ने गरेको आरोप छ । अझ महŒवपूर्ण कुरा त उनले पछिल्लो समय एउटा निर्माण संरचना तयार गर्दा सार्वजनिक खरिद ऐन मिचेर आफूनिकटका ठेकेदारलाई काम दिएर लाखौं रुपैयाँ घूस खाएको आरोप लगाइएको छ ।
किसानहरूलाई ¥याक बनाउने भनेर वार्षिक बजेट छुट्ट्याइएको भए पनि उनले सोको सट्टा ग्यारेज बनाउन लगाएका छन् । सो केन्द्रमा करिब एक दर्जन दरबन्दी भए पनि अहिले आधाजसो मात्र कार्यरत छन् । त्यसमध्ये हाकिमले मुख्य जिम्मेवारी दिएर स्टोर हेर्नेगरी जानुकादेवी आम्बुहाङलाई राखेका छन् ।
उनकै सल्लाहअनुसार हाकिम न्यौपाने चल्ने र अन्य कर्मचारीहरूलाई सौताको छोरोजस्तो व्यवहार गर्ने गरेको भन्दै उनीहरूको गुनासो छ । ज्यामी र दैनिक ज्यालादारीका कर्मचारीहरूको नक्कली हिसाबसमेत उनै आम्बुहाङले तयार गर्ने र कार्यालय प्रमुख न्यौपानेले सदर गर्ने गरेको बताइएको छ ।
आफूलाई मौरी विशेषज्ञ दाबी गर्दै आएका न्यौपानेले यसअघिका हाकिमलाई पनि कार्यालयबाट खेदेका थिए । आफ्ना कमजोरी औंल्याएर जायज कुरामा विरोध गर्नेहरूलाई पनि पानीमुनि पुगे पनि नछाड्ने स्वभावका उनी यतिबेला यसअघिका हाकिम ईश्वर धमनियाले बुझबुझारथ नगरेको भन्दै प्रहरी कार्यालय धाउँदै आएका छन् ।
सुरुमा कार्यक्रम गर्न भनेर ३० हजार रुपैयाँ पेस्की लिन लगाएकोमा पछि उक्त कार्यक्रम आफैंले रोक्न निर्देशन दिएपछि सो पेस्की बाँकी रहेको र अहिले बैंक दाखिला गरिसकेको बताइएको छ । कुनै नयाँ कार्यक्रम र वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा पनि न्यौपानेले नै अवरोध गर्दै आएको र उनीसँगको असहयोगी व्यवहारले गर्दा आफूले जागिर छाडेको पूर्वकर्मचारी ईश्वर धमनियाँले बताए ।
हाकिम न्यौपानेले २० वर्षदेखि कार्यरत र पछिल्लो समय दुर्घटनाका कारण एउटा खुट्टा अलि खोच्याउनुपर्ने अवस्थामा रहेकी एक कार्यालय सहयोगीको जागिर खाइदिएपछि महिलाहरूले हुल बनाई कार्यालयमा पसेर ती हाकिमको सातो लिएका छन् । त्यसपछि उनले ती अशक्त महिललाको रोजीरोटी नखोस्ने प्रतिबद्धता जनाएको बताइन्छ ।
यता हाकिम न्यौपानेले भने उक्त कुरा असत्य रहेको बताए । कार्यालयवाट सञ्चालन गर्नुपर्ने अनुदानका कार्यक्रममा समावेश हुन सूचना भदौको सुरुमा प्रसारण गरेको र असोज २ गते तीन सदस्यीय छनोट समिति गठन गरिएको उनी बताउँछन् । ‘समितिको संयोजक निज धमनियाँलाई तोकिएकामा म दुई महिना बिदामा अमेरिका गएको बेला आफैं निमित्त कार्यालय प्रमुख भएका बेला राजीनामा स्वीकृत गराई भएभरका कागजात आफूले बोकेर हिँड्ने अनि उसकै ठूलो स्वर ?’ हाकिम न्यौपानेले प्रतिप्रश्न गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply