सेटिङका आधारमा प्रदूषण जाँच
काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा हरेक दिन डेढ सयवटा साना तथा ठूला सवारीसाधनहरूको प्रदूषण जाँच हुन्छ । एउटा सवारी साधनको प्रदूषण जाँच करिब दुईतीन मिनेटमै सकिन्छ । तर, त्यति कामका लागि १० जना मेकानिकल इन्जिनियर खटिन्छन् । कोटाअनुरूप प्रदूषण जाँच गरेपछि इन्जिनियरहरू फुर्सदमा रहन्छन् ।
सरकारी कार्यालयहरूले सेवाग्राहीहरूलाई बिहान १० देखि बेलुकी ४ बजेसम्म सेवा दिनुपर्ने हो । तर, यो नियम उक्त कार्यालयमा लागु हुँदैन । सो कार्यालयको प्रमुखमा नेत्रप्रसाद भट्टराई आएपछि त झन् सेटिङका आधारमा साना तथा ठूला सवारीसाधनहरूको प्रदूषण जाँच हुन थालेको बताइन्छ । उनी केही समयअघि मात्रै कार्यालय–प्रमुख भएर आएका हुन् ।
कार्यालय–प्रमुख भट्टराईले सेटिङका आधारमा प्रदूषण जाँच गर्न लागेको थाहा पाएपछि केही दिनअघि कट्टर राजावादी एवं आफूलाई सामाजिक अभियानकर्मी बताउने ज्ञानेन्द्र शाहीले उनलाई कार्यकक्षमै गएर थर्काएका थिए । शाहीले कोटा प्रणाली हटाएर कार्यालय समयभरि नै सवारी साधनको प्रदूषण जाँच गर्नुपर्ने भन्दै उनलाई दबाब दिएका थिए । त्यो दिन ट्याक्सीको प्रदूषण जाँच गर्ने पालो थियो र डेढ सयको जाँच सिध्याएपछि अरू ट्याक्सीहरू लाइनमा लागेका थिए । ट्याक्सीचालक र लेखापढी व्यवसायी संघका मानिसहरूले उचालेर शाही कार्यालय प्रमुख भट्टराईलाई थर्काउन पुगेका थिए ।
नेपाली कांग्रेसको कर्मचारी संगठननिकट रहेका कार्यालय प्रमुख भट्टराई बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलको कृपाले सो कार्यालयमा सरुवा भएर आएका हुन् । सो कार्यालयमा मात्र होइन, उपत्यकाका ८ वटा यातायात कार्यालयमध्ये सात ठाउँका कार्यालय प्रमुख कांग्रेसनिकट कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरू नै बन्न पुगेका छन् । उपत्यकामा एकान्तकुनाका दुईवटाबाहेक गुर्जुधारा, सानो भ¥याङ, ठूलो भ¥याङ, सल्लाघारी र जगातीमा यातायात कार्यालयहरू रहेका छन् ।
यसैबीच, सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिका चरित्र हत्या गर्ने पसले रोकायलाई प्रहरीले पक्राउ गरेको छ । केही महिनापूर्व रोकायले नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको पासवर्ड चोरेर उनको फेसबुकबाट अरूसँग अश्लील च्याट गरेको बाहिरिएको थियो । साइबर अपराधमा संलग्न रोकायलाई महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले भारतको दार्जिलिङबाट पक्राउ गरेको हो । उनी भारतका विभिन्न ठाउँहरूमा लुक्दै, छिप्दै आएका थिए । उनले विभिन्न युट्युव च्यानल र अनलाइन सञ्चालन गरेर व्यक्तिहरूका चरित्र हत्या गर्ने काममा संलग्न हुँदै आएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply