सगरमाथाको उचाइ कति ?
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति छ ? भनेर प्रश्न गर्दा फ्याट्ट ८,८४८ मिटर भन्न अभ्यस्त भइसकेकाले अब यसको उत्तर दिन केहीछिन घोत्लिनुपर्ने भएको छ । मंगलबार नेपाल र चीनले एकैपटक सगरमाथको नयाँ उचाइ सार्वजनिक गरेका छन् । नयाँ मापनमा यसको उचाइ ८६ सेन्टिमिटर बढेर ८,८४८.८६ मिटर भएको छ । नेपाल र चीनले एकैपटक सो उचाइ सार्वजनिक गरेको हो ।
नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । यसअघिको उचाइ ८,८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८,८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको थियो । करिब दुई वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्र मन्त्रालयले गरेको हो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply