२२ पुष २०७७, बुधबार १०:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रभु क्यापिटल सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । पिपुल्स पावर लिमिटेडको सेयर निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । पिपुल्स पावरले सर्वसाधारणलाई जारी गर्न लागेको सेयरको सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा पिपुल्स पावरको तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।
सम्बन्धित समाचार
-
नेपाल राष्ट्र बैंक थापाथलीमा कर्मचारी एकता
- अकर्मण्यताले थलियो सेज
-
निर्वाचन प्रक्रिया अघि नबढाउन सुझाव
- गण्डकी प्रदेशमा पर्वतीय खेलकुद महोत्सव हुँदै
-
के हो महालक्ष्मी विकास बैंकको ७ करोड घोटाला काण्ड ?
-
निर्वाचन आयोगलाई प्रभावमा पार्ने जालझेल
-
गोर्खा सैनिकले नेपालमा पाउने वृद्धभत्ता नरोकिने
-
सगरमाथाको उचाइ कति ?
-
विद्यालय सञ्चालनमा अन्योल कायमै
-
क्षेत्रीको पहलमा अस्पताललाई स्वास्थ्य सामग्री
- विवाद तत्काल समाधान गर्न माग
-
सामुदायिक रेडियोकर्मीलाई फेलोसिप
Leave a Reply