गण्डकी प्रदेशमा पर्वतीय खेलकुद महोत्सव हुँदै
कास्की । गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकुद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेसनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकुदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनको लक्ष्यसहित आठौं संस्करणको पर्वतीय खेलकुद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बोर्डिङलगायतका १५ खेल समावेश गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका महोत्सवका संयोजक सुवर्ण श्रेष्ठले सोमबार पोखरामा आयोजित कार्यक्रममा बताए । चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा ट्राइयाथलन र रिङ रेस्लिङमा अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुने जनाइएको छ । रिङ रेस्लिङमा जापान, मलेशिया, सिंगापुर, भारत, अमेरिकालगायत देशबाट खेलाडीले प्रतिस्पर्धा गर्ने र ट्राइयाथलनमा एसियाली मुलुकका खेलाडी सहभागी हुनेछन् । महोत्सवमा १ हजार ५ सय हाराहारीमा खेलाडी तथा ५ सय अफिसियलको सहभागिता रहने दाबी आयोजकको छ । गण्डकी प्रदेशको राजधानी सहर पोखरासहित मुस्ताङ, बागलुङ, तनहुँ, स्याङ्जा र लमजुङमा महोत्सवअन्तर्गतका खेल सञ्चालनका लागि प्रस्ताव गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । महोत्सव सम्पन्न गर्न १ करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको र राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र प्रायोजक संस्थाबाट सहयोग प्राप्त हुने विश्वास लिइएको राखेपका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । राखेपका सदस्य गोविन्द भट्टराईले पर्यटकको राजधानी गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवले कोरोनाका कारण एक वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःजागरण ल्याउन र खेल पर्यटनको विकासमा सहयोग पुग्ने बताए । यसअघि गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नभएको अवस्थामा पर्वतीय खेलकुद महोत्सव आयोजनाबाट राष्ट्रिय खेलकुदका लागि आधार बन्न सक्ने विश्वास आयोजकको छ ।
सम्बन्धित समाचार
-
नयाँ वर्षमा टेलिकमको नयाँ अफर
-
भारतमा भयावह बन्दै कोरोना सङक्रमण
-
दूरसञ्चारका सेरयरधनीलाई प्रतिसेयर ४० रुपैयाँ लाभांश
-
पुनर्निर्मित घरहरूमा संरचना विस्तारका लागि कार्यविधि
- ‘सधैं तिम्रो सम्झनामा’ विमोचित
- क कसले पाए नातिकाजी राष्ट्रिय सम्मान ?
- के छ सामाजिक सञ्जाल उपयोग नीतिमा ?
-
सात करोडको स्वास्थ्य चौकी भवन शिलान्यास
-
फासीवादतिर बढ्दै ओली सरकार
-
काठमाडौं शाखाको २२ औं साधारणसभा सम्पन्न
-
अनधिकृत संगठन बनाउने होड
-
नेपाल राष्ट्र बैंक थापाथलीमा कर्मचारी एकता
Leave a Reply