निर्वाचन प्रक्रिया अघि नबढाउन सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल सोमबार निर्वाचन आयोगमा पुगेर निर्वाचनका कुनै प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनमा परेको रिटको अन्तिम सुनुवाइ नगरेसम्म कुनै पनि निर्वाचनको कार्यक्रम अघि नबढाउन आयोगलाई सुझाव दिएका हुन् ।
उनीहरूले आफ्नो नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगसँग पार्टी एकता र त्यसपछि बुझाएका सबै कागजात माग गरेका छन् । २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछि अद्यावधिक गरिएका सबै कागजात माग गरेका हुन् ।
‘निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भएको छलफलमा नेकपा एकता गर्दाखेरि पेस गरिएका सबै डकुमेन्ट माग गरिएको छ,’ सो टोलीमा सहभागी नेता राजेन्द्र पाण्डेले भने, ‘प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतमा परेको रिटको अन्तिम फैसला नभएसम्म कुनै गतिविधि नगर्न सुझाव पनि दिइएको छ ।’ प्रचण्ड–नेपालले आयोगलाई आवश्यक भएका सबै डकुमेन्ट उपलब्ध गराउन तयार भएको भन्दै पार्टीको आधिकारिकताको टुंगो छिटो लगाउन पनि आग्रह गरेका थिए ।
साबिकको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल समूहले २ सय ९५ केन्द्रीय सदस्य हस्ताक्षर निर्वाचन आयोगमा बुझाउँदै ३ सय १५ केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।
सम्बन्धित समाचार
-
नेपाल राष्ट्र बैंक थापाथलीमा कर्मचारी एकता
- अकर्मण्यताले थलियो सेज
- गण्डकी प्रदेशमा पर्वतीय खेलकुद महोत्सव हुँदै
-
प्रभु क्यापिटल सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त
-
के हो महालक्ष्मी विकास बैंकको ७ करोड घोटाला काण्ड ?
-
निर्वाचन आयोगलाई प्रभावमा पार्ने जालझेल
-
गोर्खा सैनिकले नेपालमा पाउने वृद्धभत्ता नरोकिने
-
सगरमाथाको उचाइ कति ?
-
विद्यालय सञ्चालनमा अन्योल कायमै
-
क्षेत्रीको पहलमा अस्पताललाई स्वास्थ्य सामग्री
- विवाद तत्काल समाधान गर्न माग
-
सामुदायिक रेडियोकर्मीलाई फेलोसिप
Leave a Reply