नेपाल राष्ट्र बैंक थापाथलीमा कर्मचारी एकता

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली एकाइको एकता अधिवेशन सम्पन्न भएका छ । यही माघ २ गते शुक्रबारका दिन बैंकको बालुवाटारस्थित कार्यालयमा आयोजित आठौं एकता अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली समितिका अध्यक्ष श्रीलाल कार्कीको अध्यक्षता तथा नेपाल राष्ट्र« बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यमा सञ्चालित अधिवेशनको उद्घाटन सत्रमा एकता संयोजन समितिका संयोजक रुद्रप्रसाद तिम्सिना र सहसंयोजक रेशमबहादुर बल्छौंडीले समेत विशेष अतिथिका रूपमा सम्बोधन गरेका थिए ।
अधिवेशनको बन्दसत्रद्वारा सांगठनिक एवं आर्थिक प्रतिवेदनहरू पारित गर्दै डिल्लीकुमार थापाको अध्यक्षतामा नौ सदस्यीय नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली समिति तथा ११ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू चयन गरिएकोे छ ।
जसमा उपाध्यक्ष वासु रिजाल, सचिव वेदनिधि (बीएन) सापकोटा, सहसचिव लुमणि खनाल, कोषाध्यक्ष प्रकाश पोखरेल तथा सदस्यहरूमा राजेश अर्याल, शोभा पाठक, प्रकाश अधिकारी, टंक प्रसादवाग्ले रहेका छन् ।
निर्वाचित पदाधिकारीहरूलाई एकता संयोजन समितिका संयोजक तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्रप्रसाद तिम्सिना एवं संघका महासचिव गोविन्दप्रसाद भण्डारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
- क कसले पाए नातिकाजी राष्ट्रिय सम्मान ?
- के छ सामाजिक सञ्जाल उपयोग नीतिमा ?
-
सात करोडको स्वास्थ्य चौकी भवन शिलान्यास
-
फासीवादतिर बढ्दै ओली सरकार
-
काठमाडौं शाखाको २२ औं साधारणसभा सम्पन्न
-
अनधिकृत संगठन बनाउने होड
- अकर्मण्यताले थलियो सेज
-
निर्वाचन प्रक्रिया अघि नबढाउन सुझाव
- गण्डकी प्रदेशमा पर्वतीय खेलकुद महोत्सव हुँदै
-
प्रभु क्यापिटल सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त
-
के हो महालक्ष्मी विकास बैंकको ७ करोड घोटाला काण्ड ?
- निर्वाचन आयोगलाई प्रभावमा पार्ने जालझेल
Leave a Reply