अनधिकृत संगठन बनाउने होड

काठमाडौं । पाँच वर्षअघि पराजय बेहोरेका व्यक्तिलाई अध्यक्ष बनाउँदै पेसागत महासंघ नेपालको पुनर्गठन भएको नौटंकी रचिएको छ । केही दिनअघि फुटपरस्त व्यक्तिहरू जमघट भएर शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापालाई महासंघको अध्यक्ष बनाइएको हो ।
तत्कालीन नेकपा (एमाले) को जनवर्गीय संगठनको हैसियतमा रहेको महासंघमा निजामती, शिक्षक, मजदुर, वकिललगायत पेसाकर्मी संघसंगठनका व्यक्तिहरू आबद्ध छन् । पछिल्लो समय भने एमाले र माओवादी केन्द्रबीच एकता भएपछि महासंघले एकता महाधिवेशन गर्ने तयारी गरिरहेको थियो । दुई पार्टीबीच एकता भएपछि अरू सबै जनवर्गीय संगठनहरूबीच एकता भए पनि महासंघमा भने एकता हुन सकिरहेको थिएन । तर, पछिल्लो समय नेकपामा विभाजनको रेखा कोरिएपछि भने एकता प्रक्रिया टुट्न मात्रै पुगेन, प्रधानमन्त्री केपी शर्मा ओली समूहले थापाको नेतृत्वमा महासंघ पुनर्गठनको हल्ला पिटाएको छ ।
अहिले महासंघको नेतृत्व अध्यक्ष विश्वनाथ प्याकुरेलले गरिरहेका छन् । २०७३ सालमा महासंघको निर्वाचन हुँदा अध्यक्ष भारी बहुमत ल्याएर निर्वाचित भएका थिए । अध्यक्षका अर्का प्रत्यासी थापाले भने प्याकुरेलसँग करिब ३ सय मतान्तरले पराजय बेहोर्नुपरेको थियो । तर, अहिले भने तिनै थापालाई अध्यक्ष बनाएर महासंघ पुनर्गठन गरिएको हल्ला मच्चाइएको छ । महासंघ पुनर्गठन गरिएको भनिए पनि प्याकुरेल नेतृत्वको २१ सदस्यीय पदाधिकारीहरूमा एकजना दीपकराज सुवेदी मात्रै पुनर्गठित समितिमा गएका छन् । अहिले महासंघलाई पदाधिकारीभन्दा बाहिरका मानिसहरू राखेर पुनर्गठन गरिएको देखिएको छ ।
प्याकुरेल नेतृत्वको महासंघले पुनर्गठन गरेको भनी भ्रम फैलाउनेहरूको भ्रममा नपर्न आग्रह गरेको छ । निहित स्वार्थ सिद्धिका लागि केही व्यक्तिले महासंघको नाम, झन्डा र लोगोसमेत अनधिकृत रूपमा प्रयोग गरी असंवैधानिक भेला आयोजना गरेको र महासंघकै नाममा अनधिकृत कमिटी निर्माण गरेकोमा महासंघले आपत्ति जनाएको छ । महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सशक्त र एकीकृत ट्रेड युनियन आन्दोलनलाई फुट, विभाजन ल्याउने उद्देश्यले गरिएको केही व्यक्तिहरूको हठात् मानसिकताबाट सिर्जित कार्य तमाम पेशाकर्मीको भावनाविपरीत छ । पेसागत महासंघ, नेपालको नाममा अर्को महासंघको गठन, पुनर्गठन, कानुनतः दर्ता हुनै नसक्ने प्रस्ट छ ।’
लामो समयदेखि महासंघ विश्व ट्रेड युनियन महासंघमा आबद्ध रहँदै आएको छ । साथै, एउटा राजनीतिक दलको जनवर्गीय संगठन भए पनि महासंघ श्रम विभागमा समेत विधिवत् रूपमा दर्ता भएर सञ्चालित रहँदै आएको छ ।
सम्बन्धित समाचार
- क कसले पाए नातिकाजी राष्ट्रिय सम्मान ?
- के छ सामाजिक सञ्जाल उपयोग नीतिमा ?
-
सात करोडको स्वास्थ्य चौकी भवन शिलान्यास
-
फासीवादतिर बढ्दै ओली सरकार
-
काठमाडौं शाखाको २२ औं साधारणसभा सम्पन्न
-
नेपाल राष्ट्र बैंक थापाथलीमा कर्मचारी एकता
- अकर्मण्यताले थलियो सेज
-
निर्वाचन प्रक्रिया अघि नबढाउन सुझाव
- गण्डकी प्रदेशमा पर्वतीय खेलकुद महोत्सव हुँदै
-
प्रभु क्यापिटल सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त
-
के हो महालक्ष्मी विकास बैंकको ७ करोड घोटाला काण्ड ?
- निर्वाचन आयोगलाई प्रभावमा पार्ने जालझेल
Leave a Reply