सात करोडको स्वास्थ्य चौकी भवन शिलान्यास
टिस्टुङ । नेकपाका नेता तथा राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कोभिडको खोप तथा अन्य उपचार नपाएर जनता छटपटिएको बेला ५५ करोडको सुनको जलहरी चढाउने कुरा बेतुकको भएको बताएका छन् ।
गृहजिल्ला मकवानपुरको थाहा नगरपालिका–११ स्थित नौखण्डेमा प्राथमिक स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै उनले सनकका भरमा नभई आवश्यकता र प्राथमिकताका आधारमा यस्ता निर्णय गरिनुपर्ने बताए । उनले हातमा ठेला उठेका कर्मशील किसान–मजदुरको मत र तिनले गाँस कटाएर तिरेका राजस्वको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको समेत जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा निर्णय गर्दै आएको र त्यस्ता निर्णयले देश भड्खालोतिर जाने संकेत गरेको उल्लेख गर्दै उनले खुरुखुरु जनताको पक्षमा काम गर्न छोडेर राज्यको स्रोतसाधन सरकारले नै जुलुसतिर लगाउन खोजेको आरोप लगाए । ‘सरकार प्रमुख अर्थात प्रधानमन्त्री जुसुको नेतृत्व गर्ने, मन्त्री जुलुस व्यवस्थापन समितिको संयोजक बनेर जनतालाई जुलुसमा आउन आह्वान गर्ने, कहीँ नभएको चलन नेपालमा हुन लागेको छ ।’ सरकारी गाडी र साधनस्रोत प्रयोग गरेर प्रतिगमनको पक्षमा नारा लगाउनु नैतिक हिसाबले नसुहाउने उनको भनाइ थियो । कार्यक्रममा धादिङस्थित नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले आगामी दिनमा विकासका काममा छिमेकीका नाताले सहकार्य गर्ने प्रतिबद्धता जनाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्लास्तरीय भवन आयोजना कार्यान्वयन एकाइका प्रमुख तुलसीराज खर्बुजाले भवनको प्राविधिक पक्षबारे अवगत गराउँदै समयमै तयार गर्ने प्रतिबद्धता जनाए । वडा १२ का अध्यक्ष मानबहादुर स्याङ्तानको स्वागत भाषणमा भएको कार्यक्रमको अध्यक्षता वडा ११ का अध्यक्ष किरणमान बलले गरेका थिए । नेकपा बाग्मती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष तथा दामन पोस्टका सम्पादक शन्तराम बिडारी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन वीरमान स्याङ्तानले गरेका थिए । करिब ७ करोड लागतको सो योजनाअन्तर्गत मकवानपुरको विकट राक्सिराङ गाउँपालिका र नौखण्डेमा गरी दुई भवन बन्नेछ । भवनको माथिल्लो तलामा भने परिवार बस्न मिल्ने आवासीय फ्ल्याट बन्नेछ । सुविधासम्पन्न स्वास्थ्य चौकी बनेपछि यहाँका बासिन्दाहरू सामान्य उपचारको लागि पनि अन्यत्र धाउनुपर्ने वाध्यता अन्त्य हुने बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply