‘सधैं तिम्रो सम्झनामा’ विमोचित
विराटनगर । साहित्यकार लक्ष्मी श्रेष्ठको मुक्तकसंग्रह ‘सधैं तिम्रो सम्झनामा’ विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका निवर्तमान सदस्य एवं प्राज्ञ खेम नेपाली, साहित्यकार लक्ष्मी उप्रेती, प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्राज्ञ विवश पोखरेल, साहित्यकार देवी पन्थी, वरिष्ठ कलाकार माया पौडेल आशावादी, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा बललगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
विमोचित कृतिबारे समालोचक एवं मुक्तककार भूषण ढुंगेल र हरि कट्टेलले समीक्षा गरे । कार्यक्रममा साहित्यकार भरत गुरागाईं, राधिका गुरागाईं, मीनकुमार नवोदित, चूडामणि नेपाल ‘अकिञ्चन’ लगायतले विमोचित मुक्तकसङग्रहभित्रका मुक्तक वाचन गरे । त्यसैगरी वरिष्ठ साहित्यकार भुवन ढुंगाना, प्राज्ञ खेम नेपाली, लक्ष्मी उप्रेती, साहित्यिक पत्रकार जयदेव भट्टराई, देवी पन्थीलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रहभित्र २ सय २० वटा मुक्तक छन् । श्रेष्ठको यसअघि पनि विभिन्न कृति प्रकाशित भइसकेका छन् ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply