पुनर्निर्मित घरहरूमा संरचना विस्तारका लागि कार्यविधि
काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि बृहद् अन्तक्र्रिया गरिएको छ ।
कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिहरूबीच अन्तरक्रिया भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तहलाई बनाउनुपर्ने उल्लेख गर्दै सम्बन्धित केन्द्रीय निकायहरूले मेरुदण्डका रूपमा काम गर्नुपर्ने बताए । उनले माउघरको क्रमशः विस्तार मूलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको उल्लेख गर्दै थपिएको हिस्सा पनि भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माणमा अग्रसरता लिइएको जानकारी दिए ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेटका बलियो घर कार्यक्रम व्यवस्थापक रञ्जन ढुंगेलले मस्यौदा कार्यविधि तथा १० बुँदे पुस्तिकाबारे प्रस्तुतीकरण दिए । सो प्रस्तुतिमाथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली, न्युजिल्यान्डमा बसोबास गर्ने विज्ञ जितेन्द्र बोथरा र भारतका विज्ञ विवेक रावलले टिप्पणी गरे ।
इन्जिनियर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इन्जिनियरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको छ । त्यस्तै, घरधनी एवं निर्माणकर्मीले बुझ्नेगरी नेपाली भाषामा १० बुँदे सरल पुस्तिका पनि तयार भएको छ । कार्यविधिले ढुंगामाटो तथा सिमेन्टको जोडाइ भएका घरहरूमा दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी ढंगले विस्तार गर्न सकिनेबारे विस्तृत उल्लेख गरेको छ । तला थप्न भने यसअघि तयार भइसकेको ‘हाइब्रिड स्ट्रक्चर म्यानुअल’ उपयोगी हुनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले कार्यविधिलाई अन्तिम रूप दिइएपछि प्राधिकरणको कार्यकारी समितिबाट पारित गरी कार्यान्वयनमा लगिने र प्राधिकरणपछि स्थानीय सरकारका साथै सहरी विकास तथा भवन निर्माण विभाग मुख्य कार्यान्वयनकर्ता हुने बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घरहरू विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्न विभाग तत्पर रहेको उल्लेख गरे ।
चिकित्सकहरूले नेपालमा सेवा गरेको देख्न पाएकोमा खुसी व्यक्त गर्दै छात्रवृत्ति र तालिमहरू बढाउने तयारीमा रहेको जानकारी दिनुभयो। राजदूत शाहले दुई देशको संसदीय सहकार्यलाई बढाउन छिट्टै भ्रमण तथा अनुभव आदनप्रदान हुने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply