३२ श्रावण २०७८, सोमबार ०६:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नवीकरणीय उर्जा उत्पादनमा भारत विश्वमै चौथो
नयाँ दिल्ली । भारतले १०० गिगावाट क्षमताको नवीकरणीय उर्जा प्राप्त गरेको छ । ठूला हाइड्रोबाहेक नै भारतले नवीकरणीय उर्जामा उक्त सफलता प्राप्त गरेको हो ।
भारतले एक औपचारिक विज्ञप्तीमार्फत जनाए अनुसार, नवीकरणीय उर्जा स्थापनामा भारत विश्वकै चौथो मुलुक रहेको छ । सौर्य उर्जा र वायु उर्जा उत्पादनमा पनि भारत विश्वमा चौथो स्थानमा रहेको छ ।
विज्ञप्तीमा बताइएअनुसार १०० गिगावाट क्षमताको नवीकरण उर्जा प्राप्त हुँदा ५० गिगावाट स्थापनाको क्रममा छ भने २७ गिगावाट क्षमताको उर्जा स्थापनाका लागि टेण्डरको प्रकृया शुरु भएको छ ।
यो सफलतासँग भारतले नवीकरणीय उर्जाका क्षेत्रमा आफ्नो लक्ष्यलाई पनि वृद्धि गरेको छ । सन् २०३० सम्ममा ४५० गिगावाट उर्जा स्थापना गर्ने लक्ष्य लिएको छ । यदि ठूला हाईड्रोलाई पनि यसमा समावेश गर्ने हो भने त्यसमा १४६ गिगावाट बढ्ने बताईएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- भारतमा ९२ सांसद निलम्बित
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
Leave a Reply