तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
काठमाडौं । तनहुँ-तनहुँ जलविद्युत आयोजनाले तनहुँ जिल्लाको सेती नदीमा निर्माण गरिरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति ७५ दशमलव ५ प्रतिशत पुगेको जनाएको छ।
नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको यस आयोजनामा नेपाल सरकार, प्राधिकरण तथा विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारहरूको लगानी रहेको छ। आयोजनाअन्तर्गत बाँध तथा संरचना, मुख्य सुरुङ र विद्युतगृह तथा दमौली–भरतपुर २२० केभी प्रसारण लाइन गरी तीन प्याकेजमा निर्माण कार्य भइरहेको छ।
हाल मुख्य बाँध निर्माणका लागि आवश्यक सुरुङ, पहुँच सडक, अस्थायी बाँध तथा नदी फर्काउने संरचनाहरू निर्माण सम्पन्न भइसकेका छन्। मुख्य बाँधको कंक्रिट कार्य समेत औपचारिक रूपमा सुरु गरिएको आयोजनाले जनाएको छ।
आयोजनाअन्तर्गत बाँध तथा संरचना निर्माणतर्फ उल्लेखनीय प्रगति हासिल भएको छ भने समग्र आयोजना निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको जनाइएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply