गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
काठमाडौं । देशभर बढ्दो गर्मीका कारण विद्युत् खपत उल्लेखनीय रूपमा बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सोमबार नेपालको विद्युत् माग हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार देशको कुल पिक डिमाण्ड २ हजार ३८० मेगावाट पुगेको हो । त्यसमध्ये राष्ट्रिय प्रणालीभित्रको पिक डिमाण्ड २ हजार १७० मेगावाट रहेको छ ।
दिनभरको कुल विद्युत् खपत ५२ हजार ३५१ मेगावाट-घण्टा पुगेको प्राधिकरणले जनाएको छ । यसमध्ये ४६ हजार ३४ मेगावाट-घण्टा विद्युत् राष्ट्रिय प्रणालीभित्रै उपभोग भएको छ ।
हाल नेपालको विद्युत् आपूर्तिमा निजी क्षेत्रको प्रभाव सबैभन्दा बढी देखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादक कम्पनीहरूले मात्रै २७ हजार ९९९ मेगावाट-घण्टा विद्युत् प्रणालीमा जोडेका छन् । यो कुल आपूर्तिको करिब ५८ प्रतिशत हिस्सा हो ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणका आफ्नै आयोजना तथा सहायक कम्पनीहरूले पनि महत्वपूर्ण योगदान दिएका छन् । प्राधिकरणका आयोजनाबाट ८ हजार ७५८ मेगावाट-घण्टा र सहायक कम्पनीमार्फत ११ हजार ४२७ मेगावाट-घण्टा विद्युत् आपूर्ति भएको छ ।
सुख्खायामका कारण नदीमा पानीको बहाव घट्दा जलविद्युत् उत्पादनमा केही दबाब परेको छ । तर भारतसँगको विद्युत् आयात–निर्यात व्यवस्थापनले प्रणालीलाई सन्तुलनमा राख्न सहयोग गरिरहेको छ । सोमबार नेपालले ४ हजार १०१ मेगावाट-घण्टा विद्युत् आयात गर्दा ६ हजार ३१७ मेगावाट-घण्टा विद्युत् निर्यात समेत गरेको छ ।
पछिल्ला वर्षहरूमा ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी तीव्र रूपमा बढ्दै गएको छ । अहिलेको तथ्यांकले नेपालको विद्युत् प्रणालीमा निजी क्षेत्र निर्णायक शक्तिका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ ।
विशेषगरी अत्यधिक गर्मीका कारण एसी, पंखा, फ्रिज लगायत घरायसी उपकरणको प्रयोग बढेको छ । औद्योगिक क्षेत्रमा विद्युत् माग बढ्नुका साथै विद्युतीय सवारी साधन चार्जिङको विस्तारले पनि खपत उकालो लागेको प्राधिकरण स्रोतको भनाइ छ । साँझको समयमा भने प्रणालीमा सबैभन्दा बढी चाप पर्ने गरेको छ ।
यद्यपि बढ्दो मागका बीच पनि हालसम्म देशमा लोडसेडिङको अवस्था नरहेको प्राधिकरणले जनाएको छ । आन्तरिक उत्पादन, सीमा पार विद्युत् व्यापार र प्रसारण प्रणाली व्यवस्थापनमार्फत नियमित विद्युत् आपूर्ति कायम राखिएको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply