आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको वित्त समितिले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियाबारे विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको छ ।
समितिको चौथो बैठकले बजेट तयारीका विषयमा सरकारलाई सुझाव तथा सिफारिस दिन आगामी बैठकमा आमन्त्रण गरिने ८ जना विज्ञहरूको नाम स्वीकृत गरेको हो ।
समिति सभापति कृष्णहरि बुढाथोकीले समितिअन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले विभिन्न क्षेत्रसँग सम्बन्धित समस्या, कमजोरी तथा निष्कर्ष समेटिएका प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको जानकारी दिए । बैठकमा सांसदहरूले वर्तमान बजेट तथा बजेट निर्माण प्रक्रियाका विषयमा पनि विभिन्न चासो र प्रश्न उठाएका थिए ।
समितिले उपसमितिहरूलाई आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित थप ५ देखि १० वटा सुझाव तयार गरी आगामी बैठकमा पेश गर्न निर्देशन दिएको छ । विज्ञहरूको सुझाव, उपसमितिका प्रतिवेदन तथा सांसदहरूले उठाएका विषयका आधारमा सरकारलाई थप निर्देशन र सुझाव दिने तयारी गरिएको सभापति बुढाथोकीले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply