राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदै
३० भदौ, काठमाडौं । कोरोना महामारीका कारण तोकिएको मितिमा हुन नसकेको १२औं राष्ट्रिय जनगणना आजदेखि हुँदै छ। पहिलो चरणअन्तर्गत आज घर तथा परिवारको सूचीकरण थाल्न लागिएको हो।
केन्द्रीय तथ्यांक विभागका अनुसार आजदेखि सुपरिवेक्षकहरू घरघर पुगेर घर तथा परिवारकाे विवरण संकलन गर्नेछन्। यो क्रम असोज १८ गतेसम्म जारी रहनेछ।
सूचीकरणअन्तर्गत परिवारमा रहेका महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यक सदस्यको विवरण लिइनेछ।
यसका लागि तालिम प्राप्त ८ हजार ५ सय सुपरिवेक्षकलाई सूचीकरणमा खटाइएको तथ्यांक विभागले जनाएको छ।
विभागका अनुसार असोज १८ गतेपछि गणक भर्ना गरी उनीहरूलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइनेछ। त्यसपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिनेछ।
यसअघि गत वैशाख २६ गतेदेखि नै घरपरिवार सूचीकरण गर्ने, जेठ २५ गतेबाट मूल गणना थाल्ने कार्यतालिका थियो। तर कोरोना महामारीका कारण जनगणना पछि धकेलिएको हो।
नेपालमा पहिलोपटक १९६८ सालमा राष्ट्रिय जनगणना भएको थियो। त्यसयता हरेक १०–१० मा जनगणना गर्ने गरिएको हो।
तर राजनीतिक घटनाक्रमका कारण पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि गरिएको थियो। जसलाई ‘जनगणना २००९–११’ भनिन्छ। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ।
तर अहिले बढेर देशको जनसंख्या ३ करोड ४६ हजार पुगेको अनुमान छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply