राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदै
३० भदौ, काठमाडौं । कोरोना महामारीका कारण तोकिएको मितिमा हुन नसकेको १२औं राष्ट्रिय जनगणना आजदेखि हुँदै छ। पहिलो चरणअन्तर्गत आज घर तथा परिवारको सूचीकरण थाल्न लागिएको हो।
केन्द्रीय तथ्यांक विभागका अनुसार आजदेखि सुपरिवेक्षकहरू घरघर पुगेर घर तथा परिवारकाे विवरण संकलन गर्नेछन्। यो क्रम असोज १८ गतेसम्म जारी रहनेछ।
सूचीकरणअन्तर्गत परिवारमा रहेका महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यक सदस्यको विवरण लिइनेछ।
यसका लागि तालिम प्राप्त ८ हजार ५ सय सुपरिवेक्षकलाई सूचीकरणमा खटाइएको तथ्यांक विभागले जनाएको छ।
विभागका अनुसार असोज १८ गतेपछि गणक भर्ना गरी उनीहरूलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइनेछ। त्यसपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिनेछ।
यसअघि गत वैशाख २६ गतेदेखि नै घरपरिवार सूचीकरण गर्ने, जेठ २५ गतेबाट मूल गणना थाल्ने कार्यतालिका थियो। तर कोरोना महामारीका कारण जनगणना पछि धकेलिएको हो।
नेपालमा पहिलोपटक १९६८ सालमा राष्ट्रिय जनगणना भएको थियो। त्यसयता हरेक १०–१० मा जनगणना गर्ने गरिएको हो।
तर राजनीतिक घटनाक्रमका कारण पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि गरिएको थियो। जसलाई ‘जनगणना २००९–११’ भनिन्छ। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ।
तर अहिले बढेर देशको जनसंख्या ३ करोड ४६ हजार पुगेको अनुमान छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply