सरकारले अध्यक्ष ओलीसँग सीधै वार्ता नगरेसम्म संसद खुल्दैन : विशाल भट्टराई
१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद खुलाउने भए सरकारले आफूहरुसँग सीधा वार्ता गर्नुपर्ने अडान लिएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै एमाले सांसदहरुले सरकारले संवाद नै नचाहेको आरोप पनि लगाएका छन्।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना मुद्दालाई सम्बोधन गरेर सिधा संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए।
भट्टराईले एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला कदमविरुद्ध रहेको बताए।
उनले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानुन, संविधान विपरीत, र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए।
‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन् ती मुद्दाहरूको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साँच्ची राखेर हामीसँग उहाँले बस गर्नुपर्दैन’, उनले भने, ‘त्यो जरुरी हामी ठान्दैनौँ, सीधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुल्ला छौँ, त्यसकारण आजको बैठकमा हामी गएनौँ, मूल कुरा हाम्रो आपत्ति भनेको संसदको सभामुख व्यवहारप्रति हो।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply