चुनावमा कांग्रेससँग तालमेल हुन्छ : प्रचण्ड

१२ कात्तिक, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा नेकपा (एमाले) को पकड देखिएको ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । शुक्रबार चितवनको माडीमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै यस्तो बताएका हुन् ।
त्यस्ता क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले खुलासा गरेका हुन् । अहिलेको सत्तारूढ गठबन्धनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि ल्याउने प्रयास भइरहेको उनले बताए । अरू दललाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको उनले जानकारी दिए ।
विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ । अब इमानदार कम्युनिस्टबीच एकताको झण्डा फहराइने छ’ उनले थपे, आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हाबी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्ने छौं । आउँदो चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलनका सपना पूरा हुन नसकेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिका कारण पार्टी एकीकरण (माओवादी केन्द्र र एमाले) बाट देखिएको सपना पूरा हुन नसकेको आरोप लगाएका हुन् ।
सम्बन्धित समाचार
-
अर्थमन्त्री र युएसएआईडीका प्रशासकबीच भेटवार्ता
-
प्रधानमन्त्री प्रचण्ड र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेट
-
प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता
-
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित
-
एमालेले सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म पालिकामा खटाउने
-
एमसीसी परियोजना कार्यन्वयन गर्न उपप्रधानमन्त्री पौडेलसँग सामन्थाको आग्रह
-
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
-
ओलीसँग डेढ घन्टा छलफल गरेर बालकोटबाट बाहिरिए प्रचण्ड
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्दै
-
राष्ट्रियसभाको उपनिर्वाचनका लागि मतदान सुरु
-
टर्की–सिरियामा भूकम्प : ज्यान गुमाउनेको संख्या करिब ८ हजार पुग्यो
Leave a Reply