बालबालिकाका लागि सरकारले १ करोड डोज कोरोना खोप किन्ने
२३ कात्तिक, काठमाडौं । सरकारले बालबालिकाको लागि कोरोना भाइरसविरुद्धको एक करोड डोज खोप खरिद गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वर्षदेखि माथिका बालबालिकालाई लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको हो।
बैठकपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकाको लागि एक करोड डोज खोप खरिद सुनिश्चित भएको जानकारी दिए। खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस विषयमा आवश्यक निर्णय लिएको हो, मन्त्री खतिवडाले भने।
स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए।
सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ। मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिका मानिसलाई लगाउन सकिन्छ। कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको मन्त्रालयले जनाएको छ।
कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध फ्रिज युनिसेफमार्फत यसअघि नै नेपाल आएको हो । यो फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।
नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप आएका छन् । ती खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।
सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ। नेपालमा कारोनाविरुद्धको खोप अभियानले सफलता पाउँदै गएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply