एमाले मात्रै कम्युनिष्ट पार्टी हो : भट्टराई
चितवन । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले छरिएर रहेका कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याएर एमालेले नेतृत्व गर्ने बताउनु भएको छ ।
वुधबार चितवनको भरतपुरमा दशौं राष्ट्रिय महाधिवेशन प्रचार प्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अब कम्युनिष्ट पार्टी भनेकै एमाले मात्र हुने दावी गर्नु भयो ।
उहाँले भन्नुभयो, सच्चा र इमान्दार कम्युनिष्टहरू एमालेमा आउनेछन् र कम्युनिष्ट पार्टी एमाले मात्र हु्नेछ । अन्य कम्युनिष्ट भनेको सामान नभएको पसल कुरेर बस्ने पसले जस्तै हुनेछ । उनीहरूसँग कार्यकर्ता जनता हुँदैनन्, बाँचुन्जेल पार्टी भनेर बस्नेछन् ।
कार्यक्रममा उहाले दशौं महाधिवेशनमा नेतृत्व सर्वसम्वत हुन सक्ने सम्भावना बढेर गएको दावी गर्नु भयो । महाधिवेशन प्रतिनिधि ९५ प्रतिशत सहमतिमा छनौट भएकाले नेतृत्व पनि सोही अनुसार हुन सक्ने बताउनु भयो ।
नेतृत्व सर्वसम्मत चयन गर्ने हाम्रो प्रयत्न हुनेछ’ उहाँले भन्नुभयो ‘प्रतिष्पर्दा गर्न नपाइने भन्ने होइन तर सहमतिको वातावरण बन्दै गएकोछ । कुन पदमा को हो भन्ने विषय अहिले टुङ्गो नलागे पनि महाधिवेशनको हलले सवै निक्र्यौल गर्ने जानकारी दिनुभयो ।
प्रचार विभाग प्रमुख भट्टराईले चितवनमा हुने महाधिवेशनले एकताको सन्देश दिने भन्दै महाधिवेशन सकिए लगत्तै पार्टीले नयाँ उचाईं लिने दावी गर्नु भयो । स्थानीय, प्रदेश र संघको आउँदो निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्नेमा कुनै शंका नरहेको पनि उहाँले बताउनु भयो ।
महाधिवेशन व्यवस्थापनको काम तिब्र रुपले अगाडि बढेकाले उद्घाटन सत्र र वन्द सत्रको लागि मञ्च निर्माणको कार्य सुरु भएको जानकारी दिनु भयो ।
सौराहाका तीनहजार पाँचसय वेड एमालेले वुक गरिसकेकाले आउने प्रतिनिधिलाई आवासको कुनै असुविधा नरहने बताउनु भयो ।
हामीले पाँच लाख जनता चितवनको कार्यक्रममा उतार्नेछांै भट्टराईले भन्नुभयो ‘एमालेमा जनलहर कस्तो छ भन्ने सन्देश महाधिवेशनले दिनेछ ।’
महाधिवेशनभर सञ्चार माध्यमले सुचना छिटो छरितो पाउनको लागि प्रत्यक्ष प्रशारणको व्यवस्था भएकाले त्यसको लिङ्क लिनको लागि सहज बनाइएको जानकारी दिनु भयो । कार्यक्रममा भित्ते लेखन, पर्चा पम्प्लेटको व्यवस्था नहुने र सवै डिजिटलको माध्यमबाट प्रचार गरिने बताउनु भयो । महाधिवशेनको लागि खर्च कर्यकर्ताको लेवी शुल्क, सदस्यबाट उठाएको रकमले नै व्यवस्थापन गर्ने भएकाले कोही कसैसँंग चन्दा नलिने जानकारी दिनु भयो ।
महाधिवेशनको लागि पाँच करोड रुपियाँ लाग्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
प्रचार बिभागका उपप्रमुख सूर्य थापाले महाधिबेशन प्रचार प्रसारका लागि केन्द्रमा बिभिन्न उपसमितिहरू गठन गरी क्रियाशील रहेको बताउनुभयो । उहाँले महाधिबेशन स्थल चितवनमा पनि प्रचार सहयोग समिति, चितवन गठन गरिएको घोषणा गर्नुभयो ।
विजय सुवेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा केशव रेग्मी र सचिबमा तिलक रिमाल रहनुभएको छ । समितिको सदस्यहरूमा रमाकान्त सापकोटा, प्रकाश खनाल (शैलेस), प्रकाश ढुंगाना, शोभाकान्त पन्थी, भक्ति गौतम, देब पाठक, रविकिरण पौडेल, शिशिर सिंखडा, शालिकराम नेपाल, राधेश्याम खतिवडा, वीरेन्द्रमणि पौडेल, सुभाष पौडेल, कृष्ण आचार्य, नवराज ढकाल रहनु भएको छ । त्यस्तै तीर्थ नेपाल, अनन्त प्रकाश सुवेदी, हरि पोखरेल, वीरेन्द्र कर्माचार्य, प्रतिमा सिलवाल, नारायण सापकोटा, शान्ता अधिकारी, रोहीणी त्रिपाठी, राजकुमार भट्ट, श्रीप्रसाद दवाडी, गोपी नेपाल, रुद्र उप्रेती, कृष्ण गिरी, केशव आचार्य, भरत भण्डारी, श्याम सुन्दर उप्रेती, भोजराज थपलिया, नबिन सिग्देल(मकवानपुर), यमनाथ आचार्य, बुद्धिसागर पोखरेल (नवलपुर), सुरेश श्रेष्ठ (गोरखा), राधिका सापकोटा (धादिङ), केसी लामिछाने, श्याम बञ्जरा (पर्सा), प्रदिप आचार्य (रुपन्देही), प्रकाश दाहाल(मकवानपुर), प्रकाशचन्द्र भट्राई (तनहुँ), धर्मेन्द्र दाहाल (मकवानपुर) लगायत ५१ जना सदस्य रहनु भएको छ ।
नवयुग बुलेटिन बाट
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
Leave a Reply