केपी ओलीकै नेतृत्वमा एमाले फेरि सत्तामा फर्किन्छ : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धनको चुनौती चिर्दै अबको चुनावमा आफूहरुको पार्टीले बहुमत ल्याउने बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टराईले यस्तो बताएका हुन्।
विभिन्न षडयन्त्रबाट हामी सरकारबाट प्रतिपक्षमा छौँ। एमालेबाट बाहिरिएको सानो समूहले अलग्गै गतिविधि गरिरहेको छ, उनले भने, तर यसका बावजुद अझै पनि एमालेलाई विशाल बनाउँछौँ। आगामी निर्वाचनमा बहुमत ल्याउने चुनौती हामीसँग छन्।’
भट्टराईले पाँच दलीय गठबन्धनलाई चिरेर एमालेले बहुमत ल्याउने बताएका छन्।
एमालेविरुद्ध गठबन्धन बनेका छन्। पाँच दलीय गठबन्धनलाई पनि एमालेले चिर्नेछ उनले भने, ती सबै अवरोधलाई एमालेले तोडेर शक्तिमा फर्किन्छ। सरकारमा फर्किन्छ। त्यहीकारण हामी सर्वसम्मत नेतृत्व चयन गर्छौँ। केपी ओलीको अगुवाइमा एमाले अर्को पटक सत्तामा फर्किने गरी अघि बढेका छौँ।’
उनले दशौँ महाधिवेशनले एमालेलाई देशको हरेक तहमा ‘कम व्याक’ गराउने बताएका छन्।
हामी आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा ५० प्रतिशत जित्ने गरी जान्छौँ, उनले भने, त्यस्तै अन्य चुनावमा पनि बहुमत ल्याउने गरी हामी तयारीमा लागिसकेका छौँ।
सम्बन्धित समाचार
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
Leave a Reply