चाक्सीबारी पुगेर शशांकले प्रकाशमानलाई भने, ‘सरी अब व्याक हुन सक्दिनँ’
४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच आज भेटवार्ता भएको छ । नेपाली कांग्रेसको नेतृत्व दावी गरिरहेका कोइराला र सिंहबीच भेटवार्ता भएको हो । नेता सिंहलाई भेट्न महामन्त्री कोइराला उनकै निवास चाक्सीबारी पुगेका हुन् ।
भेटमा महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा गरेको टिप्पणीप्रति सिंहसँग माफी मागेका कोइराला निकटका एक नेताले जानकारी दिए । गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेटघाटमा शशांकले नेता सिंहलाई काठमाडौं बाहिर धेरैले नचिन्ने टिप्पणी गरेका थिए । नेता सिंहले काठमाडौं बाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने जवाफ फर्काएका थिए ।
स्रोतका अनुसार छलफलको शुरुमै महामन्त्री कोइरालाले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । मैले अनौपचारिक कार्यक्रममा भनेको हुँ, तपाईं कमजोर हुनुहुन्छ भन्न खोजेको होइन’ महामन्त्री कोइरालाको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने । जवाफमा सिंहले पनि आफूले पनि जवाफ दिएको बताएका छन् । दुबै नेताबीच अब यो विषयलाई अगाडि नबढाउने र एक अर्काबीच व्यक्तिगत टिप्पणी नगर्ने सहमति भएको नेता सिंहनिकटका एक नेताले बताए । दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको छ ।
छलफलका क्रममा नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका सिंहले महामन्त्री कोइरालालाई अब आफू पछाडि फर्किन नसक्ने समेत बताए । ‘म ब्याक हुन सक्दिनँ । पावर शेयरिङ गर्ने ठाउँ छ, चाक्सीबारी स्रोतले सिंहको भनाइ उद्धृत गर्दै भने, ‘मिलेर जान तयार छु ।’
दुवै नेताहरुका बीचमा नेपाली कांग्रेसको सभापति पदका लागि साझा उम्मेदवार तय गर्न संवादलाई निरन्तरता दिने सहमति भएको बताइएको छ । यसअघि शुक्रबार नेता सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला र बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चाक्सीबारीमै छलफल भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply