चाक्सीबारी पुगेर शशांकले प्रकाशमानलाई भने, ‘सरी अब व्याक हुन सक्दिनँ’
४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच आज भेटवार्ता भएको छ । नेपाली कांग्रेसको नेतृत्व दावी गरिरहेका कोइराला र सिंहबीच भेटवार्ता भएको हो । नेता सिंहलाई भेट्न महामन्त्री कोइराला उनकै निवास चाक्सीबारी पुगेका हुन् ।
भेटमा महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा गरेको टिप्पणीप्रति सिंहसँग माफी मागेका कोइराला निकटका एक नेताले जानकारी दिए । गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेटघाटमा शशांकले नेता सिंहलाई काठमाडौं बाहिर धेरैले नचिन्ने टिप्पणी गरेका थिए । नेता सिंहले काठमाडौं बाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने जवाफ फर्काएका थिए ।
स्रोतका अनुसार छलफलको शुरुमै महामन्त्री कोइरालाले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । मैले अनौपचारिक कार्यक्रममा भनेको हुँ, तपाईं कमजोर हुनुहुन्छ भन्न खोजेको होइन’ महामन्त्री कोइरालाको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने । जवाफमा सिंहले पनि आफूले पनि जवाफ दिएको बताएका छन् । दुबै नेताबीच अब यो विषयलाई अगाडि नबढाउने र एक अर्काबीच व्यक्तिगत टिप्पणी नगर्ने सहमति भएको नेता सिंहनिकटका एक नेताले बताए । दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको छ ।
छलफलका क्रममा नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका सिंहले महामन्त्री कोइरालालाई अब आफू पछाडि फर्किन नसक्ने समेत बताए । ‘म ब्याक हुन सक्दिनँ । पावर शेयरिङ गर्ने ठाउँ छ, चाक्सीबारी स्रोतले सिंहको भनाइ उद्धृत गर्दै भने, ‘मिलेर जान तयार छु ।’
दुवै नेताहरुका बीचमा नेपाली कांग्रेसको सभापति पदका लागि साझा उम्मेदवार तय गर्न संवादलाई निरन्तरता दिने सहमति भएको बताइएको छ । यसअघि शुक्रबार नेता सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला र बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चाक्सीबारीमै छलफल भएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply