प्रचण्डको बलमा संविधानसभामा गएका हौं : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बलमा संविधानसभामा गएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान दिएको बताए ।
नेपालको राजनीतिमा प्रचण्डजीले धेरै ठूलो योगदान दिनु भएको छ । उहाँको बलले हामी संविधानसभामा गएका हौं । २००७ सालमा कांग्रेसले उठाएको कुरा प्रचण्डजीको अगुवाईमा पूरा भएको हो, उनले भने गणतान्त्रिक संघीयतासहितको संविधान आएको छ । संविधान बनाउने काममा प्रचण्डको महत्वपूणर् भूमिका छ भन्ने सबैले स्वीकार गर्नुपर्छ । गठबन्धन कसैको विरुद्धमा नभएको उनले बताए । संसद र संविधान बचाउन गठबन्धन बनाएको उनले बताए ।
संसद पूरा चलोस भन्ने हो । यो संविधान र संसद बचाउने गठबन्धन हो । यो पूरा समय चल्ने छ अझ अगाडि जाओस् भन्ने चाहन्छु । ओली जीलाई यो खिलाफ हो भन्ने नलागोस्, उनले भने ।
प्रचण्डको संविधान बनाउने र शान्ति प्रक्रियामा योगदान रहेको बताउँदै उनले शान्ति प्रक्रियाका केही कुरा पूरा नभएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोगका काम पूरा गरेर दीर्घकालीन शान्तिमा जान चाहेको उनले बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply