प्रचण्डको बलमा संविधानसभामा गएका हौं : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बलमा संविधानसभामा गएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान दिएको बताए ।
नेपालको राजनीतिमा प्रचण्डजीले धेरै ठूलो योगदान दिनु भएको छ । उहाँको बलले हामी संविधानसभामा गएका हौं । २००७ सालमा कांग्रेसले उठाएको कुरा प्रचण्डजीको अगुवाईमा पूरा भएको हो, उनले भने गणतान्त्रिक संघीयतासहितको संविधान आएको छ । संविधान बनाउने काममा प्रचण्डको महत्वपूणर् भूमिका छ भन्ने सबैले स्वीकार गर्नुपर्छ । गठबन्धन कसैको विरुद्धमा नभएको उनले बताए । संसद र संविधान बचाउन गठबन्धन बनाएको उनले बताए ।
संसद पूरा चलोस भन्ने हो । यो संविधान र संसद बचाउने गठबन्धन हो । यो पूरा समय चल्ने छ अझ अगाडि जाओस् भन्ने चाहन्छु । ओली जीलाई यो खिलाफ हो भन्ने नलागोस्, उनले भने ।
प्रचण्डको संविधान बनाउने र शान्ति प्रक्रियामा योगदान रहेको बताउँदै उनले शान्ति प्रक्रियाका केही कुरा पूरा नभएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोगका काम पूरा गरेर दीर्घकालीन शान्तिमा जान चाहेको उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply