एमसीसीको विरोधमा आधा दर्जन दलले संसद भवन घेराउ गर्दै
२६माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका आधा दर्जन दलहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै छन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरूले आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवन घेर्दै प्रदर्शन गर्न लागेका हुन् । दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्यालीसहित नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने योजना छ ।
विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कणर्जित बुढाथोकी नेतृत्वको समाजवादीले संयुक्त रुपमा विरोधका कार्यक्रम तय गरेका हुन् । यसमा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि संलग्न छन् । यसअघि उनीहरुले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
Leave a Reply