नेपाल प्रहरीका २५ डीएसपीको सरुवा
९ चैत, काठमाडौं । नेपाल प्रहरीका २५ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर सरुवा गरिएको छ ।
कवित कटवाल अख्तियारमा, कृष्णराज ओझा हुम्ला, कैलाश राई ताप्लेजुङ, गोविन्दराज काफ्ले धनकुटा, तिलक भारती म्याग्दी, प्रकाश डाँगी रुकुम पूर्व, प्रतीक बिष्ट दार्चुला, प्रेमसागर केसी मनाङ सरुवा भएका छन् ।
यस्तै रुकुम पश्चिममा विष्णुप्रसाद सोती, सन्तोष निरौला जाजरकोट, सुकदेव खनाल ओखलढुंगा, सुनिलजंग शाह सोलुखुम्बु र सुरज कार्की सुर्खेत सरुवा भएका छन् ।
यसैगरी गणेशबहादुर श्रेष्ठ प्रहरी प्रधान कार्यालय, जेसी साह कपिलवस्तु, धर्मराज भण्डारी सुर्खेत, ध्रुवकुमार श्रेष्ठ सशस्त्र प्रहरी गण नं २ महाराजगन्ज, बाल नरसिंह राणा ट्राफिक प्रहरी कार्यालय, धु्रवकुमार थापा र सुवास खड्का बागमती प्रदेश प्रहरी कार्यालय, मनोहर प्रसाद भट्ट बाँके, रामप्रसाद घर्तीमगर सुर्खेत, श्यामकुमार राई गण्डकी प्रदेश प्रहरी कार्यालय र हेरम्ब शर्मा प्रहरी अस्पतालमा सरुवा भएका छन् । चुनाव नजिकिँदै गएपछि केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका हुन् ।
सम्बन्धित समाचार
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
Leave a Reply