१० चैत्र २०७८, बिहीबार ०९:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा किन्यो भारतबाट विजुली
१० चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतसँग चर्को मूल्यमा विद्युत खरिद गर्ने भएको छ । भारतले युक्रेन संकटको कारण देखाउँदै अस्वभाविक मूल्य बढाएको हो ।
प्राधिकरणका अनुसार प्रतियुनिट २० भारु (३८ रुपैयाँ) मा नेपालले भारतको बिजुली किन्ने गरी सहमति भएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विहीबार राति १२ बजेर १५ मिनेटदेखि नेपालमा भारतको बिजुली उपलब्ध हुने बताए ।
भट्टराईका अनुसार अघिल्लो वर्ष यही समयमा ८०० मेगावाट विजुली भारतबाट आयात भएको थियो । अहिले भने ३५० मेगावाट मात्रै आयात भइरहेको छ । भारतबाट खरिद गरिएको बिजुली उद्योगहरुलाई दिएर आपूर्ति सुचारु गरिने प्राधिकरणले बताएको छ ।
विद्युत अभावका कारण प्राधिकरणले उद्योगहरुलाई दिने बिजुलीमा कटौती गरेको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
Leave a Reply