रविले संसदमा भने– आफ्ना मान्छे छुटाउन मलाई दबाब नदिनुहोला
२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन्।
सोमबार पहिलो पटक बसेको संसद् बैठकमा धारणा राख्दै लामिछानेले उक्त धारणा राखेका हुन्।
पहिलो बैठकबाटै उनले सांसदहरुलाई आफ्ना मान्छे छुटाउन कुनै पनि किसिमको दबाब नदिन अनुरोध गरे।
उनले भने, छातीमा हात राखेर भन्न चाहन्छु– म र मसँग सम्बद्ध दलबाट अनियमितता हुनेछैन। भएको खण्डमा निर्मम कारबाही गर्ने वाचा गर्न चाहन्छु।’
उनले यसपटक जनताले जस्तो जनमत दिएका थिए त्यहीअनुसार सरकार बनेको बताए।
उनले अहिले जनताले दिएको मत निराशाको नभएर आशाको भएको बताए।
‘नेपाली जनताले दिनुभएको आशाको मत, सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो, लामिछानेले भने, ‘नेपाली जनताले यसपटक जानेर नजानेर असाध्यै जानेर मत दिनुभएको छ। कसैलाई पनि नमातिने गरी सचेत रुपमा मत दिनुभएको छ। सचेत गराउने गरी आएको यो मतलाई हामी न्याय गर्नेछौँ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
Leave a Reply