२७ पुष २०७९, बुधबार ०९:३७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा शर्मा सर्वसम्मत
२७ पुस,धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चयन भएका छन् ।
लोसपाका संसदीय दलको नेताका लागि अभिराम शर्मा र जितेन्द्र सोनल उम्मेदवार थिए तर पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेताहरूसँगको छलफलपछि शर्मालाई नेतामा नियुक्त गरिएको पार्टीका नेता राजिव झाले जानकारी दिए । शर्मा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए ।
मधेस प्रदेशमा यसअघि जसपा संसदीय दलको नेतामा सरोज यादव, नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्ण यादव, जनमत पार्टी संसदीय दलको नेतामा महेश यादव, एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । माओवादी पार्टीको संसदीय दलको नेताको चुनाव भोलि बिहीवारसम्म हुने पार्टीले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
Leave a Reply